विजय हितान मगर, बेलायत।
मगर संघ केन्ट का नवनिर्वाचित कार्यसमितिका सदस्यहरु। फोटोः विजय हितान मगर
गत शनिबार १३ नोभेम्बरको दिन मगर संघ केन्टको दोस्रो अधिवेशन आशफोर्डमा सम्पन्न भयो। सन् २००६ मा स्थापित भएको मगर संघ केन्ट, मगर संघ बेलायतको ९ शाखाहरु मध्यको एक हो। अधिबेसनको अध्यक्षता केन्ट शाखा अध्यक्ष टन्क आले मगरले गर्नु भएको थियो। त्यसैगरी कार्यक्रमको सन्चालन यसै शाखाका सचीव डा. बालकृष्ण थापा मगरले गर्नुभएको थियो। अध्यक्षको स्वागत भाषणबाट शुरु भएको उक्त कार्यक्रम २ चरणमा विभाजित गरिएको थियो। पहिलो चरणमा गत २ बर्षमा समितिले गरेका बिभिन्न गतिविधिहरु, बैठकले निर्णय गरेका बुँदाहरु र विधान सँसोधनमा छलफल चलेको थियो।
कोषाध्यक्ष उत्तर मगरले आर्थिक लेखाजोखा प्रस्तुत गर्नुको साथै सचिव डा. थापाले सदस्यताको बारेमा प्रकाश पार्नुभएको थियो। करिब १५० परिवारले मगर संघ केन्टको सदस्यता ग्रहण गरिसकेका र सक्रिय सदस्यलाइ भै-परी आएको खण्डमा हरेक सदस्यले ३० पाउण्ड उठाएर सहयोग प्रदान गरिने वँहाले बताउनु भयो। तर यस्तो सहयोग पाउनको लागि हरेक सदस्यले सदस्यता शुल्क १० पाउण्ड तिरेर हरेक बर्ष नबिकरण गरि सक्रिय रहन पनि वँहाले आव्हान गर्नुभयो। सदस्यताको प्रमाणपत्र हालै बितरण गरिदै गरिएको र सदस्यता आजिवन, ५ बर्षको र १ बर्षको गरि तीन किसीमको रहेको पनि वहाँले जानकारी दिनु भयो। समितिलाई संपर्क गरि सदस्यता नविकरण गर्नुपर्ने हरेक सदस्यको कर्तब्य रहेको कुरामा सबै उपस्थित सदस्यहरुको मान्यता रहेको थियो।
दोस्रो चरणमा अर्को २ बर्षको लागि नयाँ कार्य समितिको चयन भएको थियो जसअनुसार अध्यक्ष रिटायर्ड क्याप्टेन पदम आाले मगर, उपाध्यक्ष घन बहादुर थापा मगर्, सचिव तथा उपसचिव क्रमस उत्तर मगर र मन फौजा मगर, कोशाध्यक्ष घमान घर्ती मगर गरी १९ जनाको नया कार्यसमिति सर्वसम्मतिबाट गठन गरियो।
त्यसैगरी साँस्कृतिक, सम्पति, युवा, सुचना, खानपिन, यतायात, खेलकुद, कर्मकान्ड जस्ता विषयहरुलाई हेर्न पनि सदस्यहरुको चयन गरियो। साथै आशफोर्ड, फोल्कस्टोन, सोर्नक्लिफ, डोभर, क्यान्टबरी, मेड्स्टोन, चाथमका लागि समन्यकर्ताहरुको पनि चयन गरियो।
नवनिर्वाचित कार्यसमितीको पहिलो बैठक आउँदो १२ डिसेम्बरमा फल्कस्टोनमा हुने निर्णयको साथै पुरानो कार्य समितिलाई धन्यवाद र नयाँ कार्यसमितिलाई बधाईको आदानप्रदान पछि अधिबेसन दिउँसोको २ बजे सम्पन्न भएको थियो।

















