HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home नेपाल तथा विश्व समाचार लांघाली परिवार यू.एस.ए.को चौथो अधिवेशन सम्पन्न; अव संस्थाको नाम मगर एसोसिएसन यू.एस.ए.

लांघाली परिवार यू.एस.ए.को चौथो अधिवेशन सम्पन्न; अव संस्थाको नाम मगर एसोसिएसन यू.एस.ए.

E-mail Print PDF
AddThis Social Bookmark Button
लोकप्रिय गायक द्वय जगदिश समाल र राजेश थापा सम्मानित
 
After being honored, singers Jagdish Samal and Rajesh Thapa 
 
न्यूजर्सी, अक्टोबर २४। संयुक्त राज्य अमेरिकामा वसोवास गर्ने मगरहरुको सामाजिक संस्था लांघाली परिवार यू.एस.ए. (उर्फ लांघाली एसोसिएसन यू.एस.ए.) को चौथो अधिवेशन यही अक्टोबर २४ मा न्यूजर्सी राज्यको मेजल्यान्दिंग शहरमा ऐतिहासिक निर्णयहरु गर्दै सम्पन्न भयो।
 
महासचिव लब के. बुढामगरले लिनु भएको विधान संशोधन र संस्थाको नाम परिवर्तन गर्ने प्रस्तावलाई तुरुन्तै लागू हुने गरी महाधिवेशनले पारित गरे पछि अव लांघाली एसोसिएसन यू.एस.ए. बाट संस्थाको नाम मगर एसोसिएसन यू.एस.ए. भएको छ।
 
सन् २००४ मा स्थापना भई हाल सम्म लांघाली एसोसिएसनको ब्यानरमा काम गरेकोले उक्त "लांघाली" नामको सम्मान गर्दै अधिवेशनले अमेरिकामा बसोवास गर्ने मगरहरुका लागि मात्र प्रयोग गर्ने गरी "लांघाली आपतकालीन कोष" को स्थापना गरेको छ। यस कोषका लागि क्यालिफोर्निया राज्यका प्रतिनिधि श्री बखन थापामगर संयोजक रहनु भएको छ।
 
यस अधिबेशनले आगामी २ वर्ष (२०१०/१२) का लागि श्री महेन्द्र कुमार थापामगर (न्यूजर्सी) को अध्यक्षतामा १५ सदस्यीय कार्य समिति, विभिन्न विभागीय प्रमुख, सल्लाहकार समिति र राज्य प्रतिनिधिहरुको चयन गरेकोछ। कार्य समितिमा प्रथम उपाध्यक्ष - श्री दल बहादुर रोका मगर (मेरिल्याण्ड), दोस्रो उपाध्यक्ष - श्री राजेश थापामगर (न्यूयोर्क), महासचिव - श्री टिका कुमार पुनमगर, (भर्जिनिया), सह-सचिव - श्री मान बहादुर रानामगर (न्यूयोर्क), कोषाध्यक्ष - श्री बिष्णु बहादुर पुनमगर, (न्यूयोर्क), सह-कोषाध्यक्ष - श्री प्रविण रानामगर (मेरिल्याण्ड) र सदस्यहरुमा - श्री प्रेम बहादुर पुलामीमगर (न्यूह्याम्पशायर), श्री देवेन्द्र थापामगर (न्यूजर्सी), श्री धनमान थापामगर (फ्लोरिडा), श्रीमती लक्ष्मी रानामगर (न्यूजर्सी), श्री कुमार थापामगर (न्यूयोर्क), श्री बखन थापामगर (क्यालिफोर्निया), श्री तारा प्रसाद पुनमगर (जर्जिया), श्री देबु थापामगर (कनेटिकट) रहनु भएको छ।
 
 
विभागीय प्रमुखहरुमा श्री धन बहादुर पुनमगर / सियाटल, वाशिंगटन (मिडिया), श्री लब के. बुढामगर / न्यूयोर्क (विदेश), श्री राज कुमार पुनमगर / भर्जिनिया (सांस्कृतिक), सुश्री अनिता थापामगर / न्यूजर्सी (महिला सशक्तिकरण), श्री खोम बहादुर थापामगर / न्यूयोर्क (खेलकुद), श्री यज्ञ कुमार थापामगर / न्यूजर्सी (विद्यार्थी र वालवालिका) र श्री मान बहादुर रानामगर / न्यूयोर्क (सदस्यता) हुनुहुन्छ।
 
त्यस्तै सल्लाहकार समितिमा प्राध्यापक श्री बि.के. रानामगर (म्यासाचुसेट), श्री दल बहादुर बुढाथोकी मगर, पूर्व / संस्थापक अध्यक्ष ( हाल यू.के.), श्री प्रदीप थापामगर (न्यूजर्सी), र श्री रुद्र बहादुर आले थापामगर (न्यूजर्सी) हुनुहुन्छ भने राज्य प्रतिनिधिहरुमा - श्री पदम पुनमगर (मेरिल्याण्ड), डा. गङ्गा प्रसाद पुर्जा मगर (भर्जिनिया), श्री प्रेम बहादुर पुलामी मगर (न्यूह्याम्पशायर), श्री देवेन्द्र थापामगर (न्यूजर्सी), श्री बखन थापामगर (क्यालिफोर्निया), श्री तारा प्रसाद पुनमगर (जर्जिया), डा. तोमल रानामगर (टेक्सास), श्री निर्मल थापा "लाटो" मगर (पेन्सलभेनिया), र देबु थापा मगर (कनेटिकट) रहनु भएको छ। अन्य राज्यहरुका लागि राज्य प्रतिनिधिहरुको चयन निकट भविष्यमा नै गरिने कुराको जानकारी अध्यक्ष थापामगरले दिनु भएको थियो।
 
Popular singer Jagdish Samal being honored by Mahendra Kumar Thapa Magar, President of the organization  
 
अधिवेशनको शुरुवात नेपालका लोकप्रिय गायक जगदिश समाल (मगर) लाई गायन / सांगीतिक क्षेत्रमा ख्याती कमाई मगर समुदायको गौरव बढाउने र मगर संस्कृति झल्काउने कौरा र मगर भाषामा गीतहरु गाएर मगर भाषा र संस्कृतिको संरक्षण गर्ने कार्यमा अमूल्य योगदान दिएकोमा र गायक राजेश थापा (मगर) लाई लांघाली परिवार यू.एस.ए. को स्थापनाकाल (सन् २००४) देखि नै संस्थाको सांस्कृतिक विभागमा रही गायन क्षेत्रबाट मगर संस्कृति जोगाउने अभियानमा विशेष योगदान दिनु भएकोमा अध्यक्ष महेन्द्र थापामगरले दुवैलाई खादा लगाइदिएर फूलको गुच्छा र सम्मान पत्रले अभिनन्दन गर्नु भएको थियो।
 
संस्था द्वारा यस भन्दा पहिले सम्मानित हुनुहुनेहरुमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्‍द प्रसाद थापामगर (२००६), प्राध्यापक बि.के. रानामगर (२००७), श्री महावीर पुनमगर (२००७), गायिका शिला आलेमगर (२००८), गायक क्रान्ति आलेमगर (२००८), पत्रकार श्री प्रदीप थापामगर (२००८), म्याराथून धावक श्री टंक मगर (२००८), श्रीमती इन्दिरा रानामगर (२००९), यूएसनेपालअनलाइन डट कम / यू.एस.नेपाल मिडिया सेन्टर (२००९), श्री अर्जुन प्रसाद मैनाली (२०१०) र लोक दोहोरी गायक सुमन बुढामगर (२०१०) हुनुहुन्छ।

(फोटो सौजन्य: मगर एसोसिएसन यू.एस.ए.)
 
- दुर्लभ मगराती
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)