डा. चजिन्द्र राना मगर, फार्न्बोरो, यु के।
सेप्टेम्बर १८ २०१०। म्याग्दी प्रबासी नेपाली संघ (मोना )को दोस्रो अधिबेसन सम्पन्न गर्यो। अधिवेशनमा बेगखोला म्याग्दीका योग प्रसाद फगामी मगर अदक्ष्य पदमा निर्बिरोध निर्बिरोध निर्बाचित भए। मोना युके का भु पु अध्यक्ष रेशम शेर्चनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन भु पु सचिव योग फगामी मगरले गरेका थिए।
उक्त कर्यक्रमका प्रमुख अतिथी भूपू माननिय नर बहादुर पुन मगर थिए। निर्वाचन आयोग को अध्यक्षता दुत बहादुर पुन मगर ले गरेका थिए भने अध्यक्ष योग फगमी मगर लगायत कमल पुर्जा मगर (दाना), धुर्ब केसी (बाबियाचौअर ), भिम पुर्जा मगर (दाना ), प्रकाश पौडेल (पुला ) क्रमस उपाध्यक्ष, सचिब, कोसद्क्ष्य पदमा निर्बाचित भए।
उक्त कार्यक्रममा मोना हङकङ का भूपू सचिव भक्त रोका मगर, भूपू उपाध्यक्ष अध्यक्ष धन बहादुर गर्बुजा मगर, वर्तमान उपाध्यक्ष अमृत गर्बुजा मगर लगायत लाई सम्मान गरिएको थियो।


















