हरि बहादुर सारुमगर
पाल्पा २४। मान्छे पिच्छे मृत्यु पनि फरक हुदो रहेछ देशभक्त छोरा मर्दा देशै रुदो रहेछ। बास्तवमा यो गीतले सवैको ध्यान केन्द्रित गरिरहेको थियो। गीत आफैमा हदय स्पसर्ि भएर मात्रै होईन राष्ट्रिय नेतृत्व पक्तिहरुको दुर्घटनामा परि मृत्यु भएपछि सो घटनाले अझै ताजा स्मरण गराई रहेको महशुस भईरहयो दासढुङ्गा फिल्ममा फिल्म हेरेपछि दर्शकहरुले भने।
प्रेस चौतारी नेपाल पाल्पा आयोजनामा तानसेनको सन्तोष चलचित्र मन्दिरमा प्रदर्शनी गरेको यो फिल्मलले उठाएको विषयवस्तुले दर्शकहरुको मन मात्रै छोएको होईन राज्यले देखाएको लाचारिपनलाई समेत व्यङग्य प्रहार गरेको दर्शकहरुको भनाई थियो।
नेकपा एमालेका तत्कालिन महासचिव एवं जननेता मदन भण्डारी र वरिष्ठ नेता जीवराज आश्रीतको चितवनको दासढुङ्गामा दुर्घटनामा परि मृत्यु भएको र अझै सम्म त्यसको खोज अनुसन्धान अगाडि बढन नसकेको विषयवस्तुलाई समेटेर तयार परिएको हो यो फिल्म। दासढुङ्गा घटनाको अनुसन्धान गर्नको लागि जिम्मा पाएको हुन्छ यस फिल्मका एक पात्र एवं अनुसन्धानकर्ता किरण अनुप बराल। यो घटनालाई पर्दाफास गर्नको लागि हरेक प्रमाण जुटाएर अगाडि बढन खोज्ने क्रममा कान्ला मुनिको भ्यागुतो कान्ला मुनि भने झै हुन्छन उनी।
यस घटनाको अनुसन्धानलाई रोक्नको लागि उनको पारिवारिक जिवनमा हरेक किसिमको बाधा अड्चनहरु लगाउने काम हुन्छ यहाँ सम्मकि फिल्ममा श्रीमतिको भुमिका निर्वाह गरिकी सिाचता लुईटेलको गर्व तुहिन समेत पुग्छ र बाध्य भएर उनले बीचमै अनुसन्धानलाई थाती राखेर कलेजमा अंग्रजी प्राध्यापकको रुपमा कार्यारत हुन्छन। यस विम्वले साँच्नै नेपालको राजनीतिलाई प्रष्ट व्यग्य प्रहार गरेको छ किनकि जव यस्ता खाले राष्ट्रिय घटना घट्ने गर्छ तव विभिन्न् बाहना र दवावमा त्यसलाई लुकाउने र दवाउने काम हुन्छ दर्शक हरि बहादुर सारुले भने।
त्यति मात्रै होईन् उता अमर लामाको भुमिका निर्वाह गर्ने अर्का कलाकार दयाहाङ् राई मारिएको खवर किरणले पत्रिकाबाट थाहा पाए पछि अझ अनुसन्धान अगाडि बढाउन द्विविधामा हुन्छन उनी। यस विम्वले साँच्चै नै अमर लामाको हत्या पछि यो घटना अगाडि बढ्न नसकेको र रहस्यमय बन्न पुगेको इंगित गरको छ जसले राज्य र राजनैतिक दलको लाचारिपनलाई प्रष्टाएको अर्का दर्शक दर्शन रानाले भने। फिल्ममा अझै संवेदनसिल कुरा त के हो भने घटनाको अनुसन्धानलाई आफनो अडानका साथ जति अगाडि बढाउने प्रयास गरेपनि असफल भएको कलाकार बराल किरण मानसिक तनावले प्रताड्ति भए जस्तै अहिले राज्य र राजनैतिक दलको हवी र गति पनि त्यस्तै भएको दर्शकहरुको भनाई थियो। उनीहरुले भने यही विषयवस्तुले यो फिल्मलाई उच्च स्थान पुर् याएको हुनुपर्छ। फिल्म अपिल विष्टको निर्माण र लेखन तथा निर्देशन मनोज पण्डितको रहेको थियो भने छयांकन पुरुषोतम प्रधान र कलाकारहरुमा सौगात मल्ल रामशरण पाठक बीएस राणा लगायतका छन। यो फिल्मले राष्ट्रिय अवार्ड समेत पाईसकेको छ।


















