HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार दलहरुको सत्ता मोहका कारण जनपक्षिय संविधान बन्नेमा शंका व्यक्त

दलहरुको सत्ता मोहका कारण जनपक्षिय संविधान बन्नेमा शंका व्यक्त

E-mail Print PDF
AddThis Social Bookmark Button
हरि बहादुर सारुमगर

पाल्पा भाद्र २४। राजनैतिक दलहरुका सत्ता मोहका कारण फेरि पनि जनताले चाहे अनुरुपको संविधान निर्माण हुन नसक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन। एक वर्षको समयावधी बढाएर चार महिना विति सक्दा पनि संविधान निर्माण कार्यको थालनी नभएकोमा उनीहरुले गुनासो समेत गरेका छन। नेपाल मगर संघ पाल्पाले लोकतान्त्रिक संवाद कार्यक्रम मार्फत संकलन गरेको सुझावहरु संविधान सभाका सभासदहरुलाई बुझाउने कार्यक्रममा बोल्ने बक्ताहरुले यो कुरा व्यक्त गरेका हुन।
 
अर्कोतिर समयमै संविधान निर्माण गर्न र मुलुकमा दिगो शान्ति ल्याउनको लागि यतिबेला जनताको घर दैलोमा पुगि सुझाव संकलन कार्यहरु भईरहेको छ। पाल्पमा नेपाल मगर संघ पाल्प्ााले आयोजना गरेको लोकतान्त्रिक संवाद कार्यक्रममा जिल्लाको सबै गाविसहरुबाट संकलित नागरिक सुझावहरु संकलन गरि निर्वाचित सभासदहरुलाई बुझाएका छन। पाल्प क्षेत्र-१ २ र ३ मा छुट्टा छुट्टै भएको कार्यक्रम मार्फत पाल्पबाट निर्वाचित भएका सभासदहरु कुल प्रसाद नेपाल नारायणी शर्मा र लिला सोमैलाई संकलित सुझावहरु हस्तान्तरण गरेको नेपाल मगर संघपाल्पाका अध्यक्ष बल बहादुर रानाले बताउनुभयो। अध्यक्ष रानाले वास्तविक जनताको घर दैलोमा पुगेर जनताको प्रत्यक्ष सहभागितामा छलफल गरि जायज मुद्दा र अधिकारहरुलाई संकलित गरेको हुनाले यसलाई नयाँ संविधानमा समेट्न सके मात्रै जनताले चाहेको संविधान बन्न सक्ने बताउनु भयो।
 
त्यस्तै यो कार्यक्रममा प्रत्यक्ष सहभागि हुनु भएका नेपाल मगर संघका केन्द्रिय अध्यक्ष झक बहादुर थापाले प्रत्यक्ष जनताको सहभागितामा सुझाव संकलन गरेकोले संविधान निर्माण कार्यमा सभासदहरुलाई यसले थप टेवा पुर् याउने दावी गर्नु भयो। उहाँले भन्नभयो सभासदहरुले कुनैपनि बाहनामा आनाकानी नगरि जनताको हक अधिकारलाई नयाँ संविधानमा सुनिश्चित गराउन लाग्नु नै हितकार्य हुन्छ। 
 
सभासदहरुले तीनै क्षेत्रका नागरिकका सुझावहरु ग्रहण गर्दै मुलुकमा संविधान निर्माण प्रकृया हालको अवस्थामा अगाडि बढन नसकेको स्वीकर्दै आफूहरु सदैव नयाँ संविधानको पक्षमा रहेकाले आगामी दिनमा थप सकि्रयता साथ कृयाशिल रहने प्रतिबद्धता जनाए।
 
सभासदहरुले नागरिका सुझावहरु नयाँ संविधानमा सुनिश्चित गराउनमा निरन्तर लागी पर्ने प्रतिबद्धता समेत व्यक्त गरे। कार्यक्रममा स्थानिय राजनैतिक दलका प्रतिनिधीहरु नागरिक समाजका प्रतिनिधीहरु शिक्षक तथा बुद्धिजिवीहरु सबै जात जाति धर्म लिङ्ग र विभिन्न समुदायका मनाभावहरुको उपश्थिति रहेको सघका उपाध्यक्ष बला बहादुर गाहाले बताउनुभयो। संघले पाल्पा लमजुङ तनहुँ गोरखा स्याङ्जा र मनाङका सबै गाविस र नगरहरुबाट संविधान सम्वन्धी संकलन गरिएका सुझाबहरु स्थानिय नागरिक प्रतिनिधीहरुको रोहवरमा सभासदहरुलाई हस्तान्तरण गरिएको लोकतान्त्रिक संवाद कार्यक्रम संयोजक ज्ञानेन्द्र पुनमगरले जानकारी दिए। संघले यस लोकतान्त्रिक संवाद कार्यक्रम नेपालमा सहभागिता मूलक संविधान निर्माणका लागि संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको सहयोग मा साचालन गरेको हो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)