HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार तेह्रथमको आठराईमा लिम्बुवानमाथि आक्रमण : वाई. सी. एल. र प्रहरी-प्रशासनको मिलोमतो

तेह्रथमको आठराईमा लिम्बुवानमाथि आक्रमण : वाई. सी. एल. र प्रहरी-प्रशासनको मिलोमतो

E-mail Print PDF
AddThis Social Bookmark Button
डीबी लिम्बू

२३ भाद्र २०६७(२०१०)/ लिम्बुवान तेह्रथुमको सङ्क्रान्तिमा रहेको आठराईथुमको लिम्बुवान कार्यालयमा अज्ञात समूहले आक्रमण गरेको छ र सोको विरोधमा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताद्वारा दोषीको पहिचान गरी कारवाहीको माग गर्दै विरोधको कार्यक्रम गर्दा वाई. सी. एल. र प्रहरी-प्रशासनको मिलोमतोमा लिम्बुवानका कार्यकर्तामाथि नै धम्की, प्रतिकार र गिरफ्तार गरिएको छ।
 
गत २०६७ भाद्र ५ गते आठराई थुमस्थित लिम्बुवानको पार्टी कार्यालयमाथि आक्रमण भएको र सो घट्नाका दोषीहरुको खोजीगर्दा उल्टै परिषदका कार्यकर्तामाथि अपशब्द बोली धम्की दिइएको हो। साथै, २०६७ भाद्र १४ गते परिषदकै श्रीजुङ इलाका समिति संयोजक खगेन्द्र चोङबाङको घरमा सुनियोजित रुपले अनाहकमा प्रशासनबाट खानतलासीसमेत गरिएको छ। लिम्बुवानको आठराई थुमस्थित पार्टी कार्यालयमा आक्रमण गरिएकोप्रति प्रहरी प्रशासन मौन भई दोषीको पहिचान गरी कारवाही गर्न नसकेकोले दवाबस्वरुप भाद्र २१ गते आठराईथुम शान्तिपूर्ण बन्दको आह्वान गरिएको थियो। उक्त कार्यक्रमलाई एकीकृत नेकपा माओवादीको भातृसङ्गठन वाई. सी. एल. र प्रहरी प्रशासनको मिलेमत्तोमा असफल तुल्याइएकोले सोको विरोधको निम्ति पुनः भाद्र २२ र २३ गते शान्तिपूर्ण बन्द गरिएको थियो। यस क्रममा प्रशासनले दोषीको पहिचान गरी कारवाही गर्नको सट्टा परिषदका १९ जना कार्यकर्ताहरुलाई धरपकड र गिरफ्तारी गरेर दिनभरि हिरासतमा राखेको थियो। प्रहरी प्रशासनको सो व्यवहारप्रति घोर आपत्ति र खेद प्रकट गर्दै लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले हरेक जनताले आफ्नो हक-अधिकार सुनिश्चित गर्न माग गर्न पाउने मौलिक अधिकार हनन् भएको साथै लोकतन्त्रको उपहास भएको कुरा लिम्बुवान तेह्रथुमका अध्यक्ष देवनारायण सम्बाहाङफेद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ। सोही विज्ञप्तिमा लिम्बुवानको कार्यालय र कार्यकर्तामाथि भएको आक्रमणप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद तेह्रथुमले घोर आपत्ति प्रकट गर्दै ७ दिनभित्र दोषीहरुलाई पहिचान गरी कडाभन्दा कडा कारवाही गर्नको लागि जोडदार माग गरिएको छ।

यदि उक्त ७ दिनभित्रमा दोषीको पहिचान गरी कारवाही नभए जिल्लाव्यापी अनिश्चितकालीन आन्दोलनमा जान बाध्य हुनेसमेत जनाइएको छ।

यसरी, लिम्बुवान कार्यकर्तामाथि निरन्तर धम्की, आक्रमण र गिरफ्तार भएपछि तेह्रथुमका छिमेकी गाउँका लिम्बुवान कार्यकर्ताहरु सयौंको सङ्ख्यामा आठराईको सङ्क्रान्तिमा केन्द्रित भई २२ गते साँझ राँके जुलुश र २३ गते सङ्क्रान्ति बजार ठप्प बन्द गरिएको थियो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)