२०१० सेप्टेम्बर ९, नेपाली सेनामा दरखास्त दिनेबाट आवेदन शुल्कवापत १ करोड ६९ लाख ३८ हजार ६० रुपैयाँ राजस्व सङ्कलन भएको छ। सेनाले ३ हजार ४ सय ६४ पदका लागि दरखास्त आह्वान गर्दा ५७ हजार हजार ५ सय १३ जनाले आवेदन गर्दा सो रकम उठेको हो। दरबन्दीभित्र रिक्त रहेका विभिन्न पद पूर्ति गर्ने सिलसिलामा २०६७ साउन १७ देखि २०६७ भाद्र १५ गतेसम्मको ३० दिने म्याद र विलम्ब शुल्क बुझाई थप ७ दिनको म्यादसमेत गरी ३७ दिने म्यादभित्र यति आवेदन परेको र शुल्क उठेको पनि उसले जनाएको छ।
मुलुकका विभिन्न भर्ना केन्द्रमा समावेशी तथा खुलातर्फ आवेदन दर्ता गर्नेको कुल सङ्ख्या ५७ हजार ५ सय १३ पुगेको र समावेशीतर्फका आवेदकहरुलाई खुलातर्फसमेत प्रतिस्पर्धा गर्ने मौका प्रदान गरिएको पनि सेनाले जानकारी दिएको छ।अधिकृततपर्फ २ सय ५० पद माग गरिएकामा ८ हजार ७ सय ३ जनाले र अन्य दर्जामा ३ हजार २ सय १४ पद माग गरिएकामा ५७ हजार ५ सय १३ जनाले फर्म भरेका सेनाले जनाएको छ।


















