HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार संविधानसभा बिघटन गर्ने खेल हुँदै

संविधानसभा बिघटन गर्ने खेल हुँदै

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० सेप्टेम्बर ९, माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री निर्वाचन परिणामबिहीन बनाएर राजनीतिक उपलब्धी अन्त्य गर्ने षडयन्त्र भइरहेको भन्दै नयाँ प्रक्रियाबारे सोच्नुपर्ने बताएका छन्। उनले त्यही बहानामा राष्ट्रपति शासन लागु गर्ने गंभीर आशंका उत्पन्न भएको बताए। उनले पटकपटक भएका प्रधानमन्त्री निर्वाचन परिणाबिहीन बनाउन सामान्य कुरा नभएको स्पष्ट गरे। 'प्रधानमन्त्रीको निर्वाचन पटकपटक परिणामबिहीन बनाएर संविधानसभा बिघटन गर्ने खेल हुँदैछ' उनले बुधबार कान्तिपुरसँग भने- 'त्यसैले संविधानसभा, गणतन्त्र, संघीयता लगायतका उपलब्धी रक्षा गर्न त्यो जालमा पटक पटक फस्नु हुँदैन, नयाँ ढंगले सोच्नुपर्छ।' पार्टीको आगामी बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा भट्टराईले प्रधानमन्त्री चयनको नयाँ प्रक्रियामा जाने बिषयमा गंभीर छलफल हुने जानकारी दिए। 
 
सातौ पटकको निर्वाचनमा समेत प्रधानमन्त्री चयन हुन नसक्नु सामान्य घटना नभएको उल्लेख गर्दै भट्टराईले संविधानसभा असफल बनाई सेनाको बलमा मुलुकलाई प्रतिगमनतिर लैजाने षडयन्त्र भइरहेको बताए। 'प्रधानमन्त्री चयन प्रक्रिया असफल पार्ने र सेनाको बलमा प्रतिगमनतिर लैजाने षडयन्त्र हुँदैछ' उनले भने- 'मुलुकलाई प्रतिगमनबाट बचाउन बिशेष पहल गर्नु आवश्यक छ, हामीले बेलैमा सोच्नुपर्छ।

यसअघि अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट पुनर्विचार गर्ने बताएका थिए। त्यसपछि माओवादीे भदौ २० र २३ गते भएको निर्वाचन प्रक्रियामा भाग लिएको छ। उनले बहुमतीय प्रक्रियाले मुलुकलाई निकास नदिनेभन्दा राष्ट्रिय सहमतिमा जानुपर्ने बताए। 'अब बहुमतीय खेल तोडेर राष्ट्रिय सहमति खोज्नुपर्छ' उनको भनाइ छ- 'मुलुक गम्भीर खतरामा छ।' उनले राष्ट्रिय सहमतिको सरकार माओवादीको नेतृत्व हुनुपर्ने दोहोर्‍याए। गएको एक बर्षको बहुमतीय सरकारले शान्ति र संविधानको पक्षमा केही काम गर्न नसक्नु राष्ट्रिय सहमति अभाब भएको बताए। 'एक बर्षको सकारले शान्ति र संविधान लागि के गर्‍यो ?' उनले प्रश्न गरे- 'देशलाई बन्धक बनाउने बाहेक के गर्‍यो ?' 
 दुबै प्रधानमन्त्रीको उम्मेदवा फिर्ता लिने माओवादीको प्रस्ताव कांग्रेसले नस्वीकार्नु उसको नियत ठीक नभएको आरोप लगाए। 'कांग्रेसले उम्मेदवार फिर्ता लिन नचाहनु उसको नियत ठीक छैन' भट्टराईको भनाइ छ- 'कांग्रेसले राष्ट्रिय सहमति चाहेको छैन भन्ने यसबाट प्रष्ट हुन्छ।उनले मुलुकलाई अग्रगमनतिर लैजान संयुक्त मोर्चा आवश्यक भएको बताए। 'अग्रगमनका शक्तिको संयुक्त मोर्चा बनाउनुपर्छ' उनले भने- 'मुद्दामा सहमत हुने शक्तिहरु मिलेर प्राप्त उपलब्धीको रक्षा गर्नुपर्छ।यसैबीच भट्टराईले राजधानीमा बुधबार भएको कार्यक्रममा संविधानसभा विघटन गर्ने षड्यन्त्र भए विद्रोहको झण्डा उठाउने चेतावनी दिए। 

नेता भट्टराईले यही बेलामा राजावादीहरुको चलखेल, 'भारतीय विस्तारवादी' हस्तक्षेप बढेको भन्दै संसदवादी दलले संविधानसभालाई असफल बनाउने खेल चाल्नु संयोग मात्र नभएको तर्क गरे।आफ्नो दलका सभासद् वालकृष्ण ढुङ्गेललाई सर्वोच्च अदालतले ज्यान मुद्धाको सन्दर्भमा सर्वस्वसहित जन्मकैदको फैसलाबारे उनले युद्धकालीन अभियोगमा यस्तो निर्णय द्वन्द्व निम्त्याउने षड्यन्त्रको कडी भएको दाबी गरे। देशभक्त, गणतन्त्रवादी र वामपन्थी मिलेर संयुक्त सरकार गठन ग जनपक्षीय संविधान बनाउनुपर्ने उल्लेख गर्दै भट्टराईले संविधान बनाउन नदिए विद्रोह मार्फत सडकबाटै संविधान जा गर्ने चेतावनीसमेत दिए।यस्तै, शान्ति सम्झौताको एउटा पाटो माओवादीको सहमतिबिना नै सरकारले अनमिनको म्याद थप गर्ने पत्र राष्ट्रसंघलाई पठाउनु पनि आपत्तिजनक भएको उनले बताए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)