HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार १२ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन प्रतिबद्ध

१२ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन प्रतिबद्ध

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० सेप्टेम्बर ९, कांग्रेसका तीन शीर्ष नेताले पार्टीको १२ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन प्रतिबद्ध रहेको बताएका छन्। बुधबार सानेपास्थित पार्टी कार्यालयमा कार्यवाहक सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेलले भावनात्मक रुपमा एक हुन नसकेको कांग्रेस महाधिवेशनपछि एक ढिक्का हुने बताए। एकताको सन्देशसंगै महाधिवेशनले परिवर्तनका उपलव्धिलाई संस्थागत गर्न पार्टीले शान्तिप्रकृया र संविधान निर्माणको नेतृत्व लिने समेत उनीहरुले बताए। कार्यबाहक सभापति सुशील कोइरालाले महाधिवेशनबाट कांग्रेसलाई विगतका विकृति विसंगतिलाई हटाएर नयाँ चुनौति र हाँक समाना गर्न सक्ने पार्टीको रुपमा अघि बढाउने बताए। 
 
कांग्रेस प्रचार प्रसार समितिले महाधिवेशनबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न शान्तिप्रकृया र लोकतान्त्रिक संविधान निर्माणलाई अघि बढाउनका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउँदै माओवादी शान्तिप्रकृयाप्रति गम्भीर नभएको बताए। शान्तिप्रकृयालाई पुरा गर्ने दिशामा माओवादीबाट एक कदम कार्य अघि नबढेको बताउँदै देउवाले लडाकुको समायोजन, वाईसीएलको अर्धसैन्य संरचना खारेज र कव्जा घरजग्गा फिर्ता नहुदा सम्म शान्तिप्रकृयाले गति नपाउने बताए। 

संसदीय दलका नेता पौडेलले अप्ठ्यारो परिस्थितीमा महाधिवशेन हुन गइरहेको बताउँदै परिवर्तनलाई संस्थागत गरी नयाँ युगको थालनी गर्न कांग्रेस महाधिवेशन एउटा कोशेढुंगा हुने बताए। उनले कांग्रेस इतिहास र अहिलेसम्म विचार र कार्यक्रममा द्धिविधा नराखी यहाँसम्म आइपुगेको बताउँदै दोधारे विचार र धारणा राख्ने दलले अहिलेको समस्या हल गर्न नसक्ने बताए। उनले आफू प्रधानमन्त्री निर्वाचनबाट पराजित नभएको बताउँदै भने-'म पराजित हुनलाई कसैले जित्नुपर्छ। अहिले कसैले जितेको परिस्थिति छैन।' माओवादीले मुद्दामा भन्दा सत्ता प्राप्तीका लागेको उनले बताए।प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सिटौलाले महाधिवेशनको तयारीका बारेमा जानकारी गराए। उनले पाँच वटा जिल्लाका अधिवेशन हुन बाँकी रहेको बताउदै जिल्ला अधिवेशन सम्पन्न नभएपनि त्यसले महाधिवेशनलाई प्रभावित नपार्ने बताए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)