HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार मोती जयन्तीको अवसरमा अनेसास इजरायल च्याप्टरको साहित्यिक बनभोज तथा पुस्तक विमोचन

मोती जयन्तीको अवसरमा अनेसास इजरायल च्याप्टरको साहित्यिक बनभोज तथा पुस्तक विमोचन

E-mail Print PDF
AddThis Social Bookmark Button
 
कवि मोतीराम भट्ट को १४५ औं जन्म जयन्तीको अवसरमा अनेसास इजरायल च्याप्टरले यही सेप्टेम्बर ४ तारिख शनिबार इजरायलको तेल अभिभ स्थित भूमध्य सागरको किनारमा एक साहित्यिक बनभोज पुस्तक विमोचन कार्यक्रमको आयोजना गर्यो।

अनेसास इजरायलका अध्यक्ष तथा गीतकार सुनील संगम तथा सल्लाहकार श्री श्याम रोक्काले कवि मोतीराम भट्टको तस्विरमा माल्यार्पण गरि संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने सदस्य श्री शंकर पौडेलले स्वागत् मन्तव्य राख्नु भएको थियो। दुइ चरणमा विभक्त सो कार्यक्रमको पहिलो औपचारिक चरणमा इजरायलकी कार्यकारी सदस्य तथा मेरोनेपाल पत्रिकाकी सह सम्पादक कवि दिप्स शाह द्वारा रचित काव्य कृति आगोको अनावरण अध्यक्ष सुनील संगमले गर्नुभयो भने कवयित्री दिप्सले आफ्नो यो साहित्यिक यात्राले आफुजस्तै नारीको मन छुन सकोस र प्रेरणाको श्रोत बन्न सकोस भन्दै काव्यकृतिको विषयमा प्रकाश पार्नु भएको थियो।
 
इजरायलकी अर्की कवि तथा गज़लकार उमा सुवेदीले युवा कवि मोतीराम भट्टले नेपाली साहित्यमा श्रृंगारिक धारको आरम्भ गरेको बताउदै उहाँले नेपाली भाषा साहित्यको क्षेत्रमा पुर्याउनु भएको योगदानमाथि चर्चा गर्नु भएको थियो। कार्यक्रममा अनेसासका सल्लाहकार श्याम रोक्काले पनि युवा कवि मोतीरामको योगदान माथि चर्चा गर्दै कवि दिप्सलाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। वक्तव्यकै क्रममा बोल्दै ऋतु गिरीले आगो भित्र समेटिएका कविताहरु जसले जीवन दर्शन अभिव्यक्त गरेका छन भन्नु भयो। कवि दिप्स नेपाली साहित्य आकाशकी आशा लाग्दी प्रतिभा मात्र नभई उहाँले आफुलाई एउटी उत्तरआधुनिक काव्यचेत भएकी शसक्त नारी हस्ताक्षरको लहरमा आफुलाई उभ्याई सकेको भन्दै अनेसासका महासचिव कृष्णपक्षले उनको काव्यकृति आगो र त्यसभित्र समेटिएका कविताहरुको संक्षिप्त समिक्षा गर्नु भएको थियो।
 
 
 
पहिलो चरणको कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति सुनील संगमले कवि दिप्सलाई पाएर अनेसास इजरायल च्याप्टरले गौरवानुभुति गरेको छ भन्दै उहाँको कृतिबारे चर्चा गर्नुका साथै मोतीरामले नेपाली साहित्यको क्षेत्रमा पुर्याउनु भएको योगदानको स्मरण गर्नु भएको थियो। 

दोश्रो चरणको कार्यक्रममा उपस्थित सहभागीहरुले आ आफ्नो गीत कविता र गज़ल वाचन गरेर वातावरण कवितामय र गज़लमय बनाउनु भएको थियो। यसरी सहभागीहरु मध्ये उमा सुवेदी, मनु लोहोरुंग, सुनील संगम, कृष्णपक्ष, ऋतु गिरी, खुसि विष्ट, शंकर पौडेल, सुमन कार्की, सोमेंद्र घिमिरे, यश जी, कृष्ण ज्ञवाली, शिव ज्ञवाली लगायतले आ आफ्नो रचना वाचन गर्नु भएको थियो। पहिलो र दोश्रो दुवै चरणको कार्यक्रम संचालन अनेसास इजरायलका कार्यकारी सदस्य यशजीले गर्नु भएको थियो।
 
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)