पोखरा भदौ १९। नेपाल मगर लेखक सङ्घको प्रथम गण्डकी अन्चल अधिवेशनले रुद्र "सन्देश" मगर स्याङ्जाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
जसको उपाध्यक्ष सचिव सह-सचिव र कोषाध्यक्षमा क्रमशः रुद्र श्रीस मगर कास्की, मीना थापा मगर तनहुँ,विनोद रखाली मगर स्याङ्जा र तारामाया थापा मगर तनहुँ रहनुभएको छ। त्यसैगरी सदस्यहरुमा सुन्दर पुन मगर कास्की, यमबहादुर थापा मगर कास्की, लेखबहादुर आले मगर स्याङ्जा, एसिका हिस्की मगर महिला चन्द्र दर्लामी मगर स्याङ्जा लगायत रहनुभएको छ। बाँकी सदस्य समितिको पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय सल्लाहकार एवम् आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य-सचिव लोकबहादुर थापा मगरले भाषा र संस्कृतिको विकासका लागि लाग्न मगर लेखकहरुलाई आग्रह गर्नुभएको थियो। संघका संयोजक रुद्र श्रीस मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय सचिव उजीर राना मगर कोषाध्यक्ष मेक राना मगर गोर्खा भूतपूर्व सैनिक संघ गेसो मध्य-पश्चिमााचल समितिका अध्यक्ष हर्कबहादुर पुन मगर नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष क्या। कृष्णबहादुर थापा मगर नेपाल मगर महिला सङ्घ कास्कीका अध्यक्ष मनकुमारी पुन मगर उप-प्राध्यापक मोतिश्वर थापा मगर बैंक अफ काठमाण्डूका शाखा प्रबन्धक जीतबहादुर सारु मगर साहित्यकार फूलकुमारी थापा मगर इन्दिरा धनपाली मगर नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका अध्यक्ष फरेन्द्र थापा मगर लगायतले बोल्नुभएको थियो।
संघका सदस्य रुद्र सन्देश मगरको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको साचालन सचिव मीना थापा मगरले गर्नुभएको थियो।


















