हरि बहादुर सारुमगर
पाल्पा २० भदौ। पाल्पा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागी भएको निर्वाचनमा अध्यक्ष मधुदयाल सैजु वाणिज्य उपाध्यक्ष राजु मर्हजन र उधोग उपाध्यक्षमा अजय कर्माचार्य बिजयी भएका छन्।
अध्यक्षका उम्मेदवार सैजुले ४ सय ९५ र प्रतिद्धन्दी केशब पौडेलले १ सय ८३ वाणिज्य उपाध्यक्ष मर्हजनले ४२३ र प्रतिद्धन्दी मकवुल अलीले १३६ उधोग उपाध्यक्ष उम्मेदवार कर्माचार्यले ८३ र प्रतिद्धन्दी सुनिता शर्माले २० मत प्राप्त गरेकी थिईन्।
यसै गरी १३ वटा क्षेत्रमा भएको निर्वाचन १ वटा निर्वाचन क्षेत्रमा मात्र बामपन्थी पक्षले जित हासिल गरेको छ भने अन्य १२ वटा क्षेत्रमा प्रजातान्त्रिक समुहले बिजयी हासिल गरेका छन। क्षेत्र नं १ मा राजु श्रेष्ठ र प्रकाश ढकाल क्षेत्र नं २ बाट राम प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद श्रेष्ठ क्षेत्र न। ३ बाट तारा प्रसाद श्रेष्ठ क्षेत्र नं ४ बाट दिपक पाण्डे क्षेत्र नं ५ बाट राजेश शाक्य क्षेत्र नं ६ बाट मोहन प्रसाद श्रेष्ठ र अशोक मर्हजन क्षेत्र नं ७ बाट शैलेन्द्र भट्टराई र प्रविन वज्राचार्य क्षेत्र नं ८ बाट उत्तम कुमार बज्राचार्य क्षेत्र नं ९ बाट भिमसेन कार्कि क्षेत्र नं १० बाट बल बहादुर राना क्षेत्र नं ११ बाट कृष्णमान बज्राचार्य र शुशिल प्रधान क्षेत्र नं १२ बाट मुक्ति राम जिसी र रामेश्वर प्रसाद श्रेष्ठ र क्षेत्र नं १३ बाट देवेन्द्र प्रधान निर्वाचित हुनुभएको छ।


















