हरि बहादुर सारुमगर
पाल्पा भाद्र १७। नेपाल अंग्रेज युद्धको सम्झना स्वरुप मनाईने भगवतीजात्रा भाद्र १७ गते पाल्पाको तानसेनमा धुमधामका साथ मनाईएकोछ। पश्चिमााचलमा विशेष महत्व राख्ने पाल्पाको भगवति जात्राले राष्ट्रिय महत्व राख्ने गर्दछ। पाल्पाको सदरमुकाम तानसेनमा भगवती जात्रा हेर्न आउनेहरुको तानसेन बजारमा घुईचो लागेको थियो।
अग्रेज र नेपाल वीचको युद्धमा नेपाली फौजको नेतृत्व गरेका कर्णेल उजिर सिँह थापाले विजय हासिल गरेपछि तानसनमा सिन्दुर जात्रा गरी भगवतीको शोभा यात्रा निकालेको इतिहास छ। वि.स. १८७६ देखि शुरु भएको भगवती शोभा यात्रा अर्थात रथ घुमाउने प्रचलन आज सम्म पनि कायमै रहेको छ। ऐतिहासकिपुरातात्विक धार्मिक र सा्रस्कृतिक महत्व बोकेको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाउने गरिन्छ। पाल्पालीहरुले अत्यन्तै महत्व दिने भगवती जात्रामा सहभागी हुन गाँउ गाँउबाट समेत मानिसहरु तानसेन आएका थिए। दिउसो १२ वजे नेपाली सेनाको एउटा टेकुडीले तोप पड्कापछि निकालिएको रथ यात्रा तानसेनको वजार परिक्रममा गराईएको थियो।
ऐतिहासिक महत्व बोकेको रणउजीरेश्वरी भगवती जात्राको लागी सुरक्षा प्रवन्ध मिलाईएको थियो। पश्चिम नेपालको पहाडी जिल्ला पाल्पाको शानको रुपमा मानिने यो जात्राको दिन सरकारी कार्यालयमा समेत काम हुदैन। जात्रामा सरकारी कार्यालय र विभिन्न संघसंस्था तथा विद्यालयबाट प्रतिनिधित्व गराइन्छ। जात्राको दिन विद्यालय तथा क्याम्पसले स्थानीय विदा समेत दिएका थिए।
जात्रा मनाउन वाहिर जिल्ला गएर वसोवास गर्नेहरु समेत तानसेन आएका छन्। तानसेन भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ। श्रीकृष्णजन्माष्टमीको दिन साझवाटै जाग्राम गरिन्छ। तानसेन र वाहिरवाट आएकाहरुले पूजा चढाउँछन्। भाकल अनुसारको कुखुरा हाँस बोका राँगो बली दिने चलन रहिआएको छ।
बजार घुमाउनु अघि नवमीको दिन सुर्योदय नहुदै बजारका महिलाहरु झिसमिसेमै देवीको पुजा गरिसकेका हुन्छन्। दिउसो १२ वजेतिर नगर परिक्रमा गराउन ३०,४० जना बलिया कुमाल जातीका पिपा जवान आउने चलन रहि आएको छ। उनीहरुले रथको दुवै तिर तेसा्रईएका दुई बलिया नोलहरुलाई काधमा बोकाई जयजयकारको गुन्जन ध्वनी र बन्दुकको बधाईको ईशारामा रथलाई उठाउन लगाइन्छ।
जात्राको महत्व सन् १८७१,७२ को नेपाल अंग्रेज युद्धसंग गासिएको छ। काजी अमर िसंह थापाको कार्यकाल सकिदा निजका नाति नयन सिँहका छोरा कर्णेल उजीरिसंह थापा पाल्पाका तैनाथवाला भएर वसेका थिए। अंग्रेजहरुले नेपाल आफ्नो पक्षमा पार्न चारै तिरवाट आफ्नो सेना अगाडि वढाएका वेला उजीरिसंह थापा लडाईमा सामेल हने मौका पाए। मनोकामना देवी संग प्राथना गरि युद्ध लड्न गएको र अग्रेजहरु उजीरिसंहको लडाइँबाट हार खाई फर्केकोले कर्नेल उजिर सिँह थापाले लडाइबाट फर्केपछि तानसेनमा एक विशाल तीनतले पेगोडा शैलीको भगवती मन्दिर वनाएका थिए। मन्दिर वनाउन सन् १८७५,७६ मा सकिएको र यसैवेला देखि काठमाण्डौका जात्रावाट प्रभावित भएका उजीर िसंहले भगवतीको रथयात्रा निकाल्न सुरु गरेको इतिहासविद डा. र्णबहादुर बानिया बताउनुहुन्छ।
श्री रणउजेश्वरी भगवतीको रथ शुरु भन्दा अगाडी पाल्पाका गन्र्धव समुदायले कर्णेल उजिर सिँह र भगवती माईको कार्खा गाथा गाएका छन्। लोप हुन लागेको कर्खागाथा गत बर्ष देखि गन्र्धवहरुले गाउन थालेका हुन्। सारङ्गीको तालमा युद्धको अवस्था चित्रण गर्दै त्यस बेला कर्णेलले लडाइको बेला देखाएको बहादुरीका बारेमा चर्चा गरेका थिए। पाल्पाका निवर्तमान सभापति झपेन्द्र जिसीले लेखेको कार्खा गाथालाई होनिमाया गन्र्धव सहितको टोलीले गाएर त्यस बेलाको लडाइमा सेनाले देखाएको बहादुरी र अंग्रेज फौजको हार भएको सारङ्गीको तालमा गाएका थिए। पाल्पाका पर्यटन विकास केन्द्रले भगवती माई र गन्र्धव समुदायको संस्कृतिको संरक्षण गर्नका लागी कर्खागाथाको अयोजना गरेको हो। जिल्ल विकास समिति पाल्पाको सहयोगमा गरिएको कर्खागाथा गाएपछि मात्रै भगवतीको रथजात्रा शुरु भएको थियो। कार्यक्रममा लेखक झपेन्द्र जिसी र स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरेले कार्खाको महत्व बारेमा प्रकास पार्नु भएको थियो। काठमाण्डौ पछि सवै भन्दा बढी धुमधामले जात्राहरु मनाउने पाल्पामा यो वर्ष पनि गाई जात्रा र रोपाई जात्रा पर्व पनि मनाईएको थियो।


















