पोखरा भदौ १७। मृगौला पीडित नर्स भक्ति गुरुङको उपचारार्थ भक्ति गुरुङ बचाउ अभियान समितिलाई सहयोग आउने क्रम तीव्र भएको छ।
पछिल्लो क्रममा गुरुङको सहयोगार्थ मीनबहादुर गुरुङको नेतृत्वमा संकलित १० हजार नौ सय २० रुपैयाँ समितिलाई प्राप्त भएको छ। त्यसमध्ये नरबहादुर गुरुङबाट दुई हजार पाँच सय सु। मोतीप्रसाद गुरुङबाट एक हजार पदमबहादुर गुरुङबाट दुई हजार गंगा गुरुङबाट एक हजार भीमकाली युवा क्लब बगरका चन्द्र गुरुङको नेतृत्वमा कुल तीन हजार पाँच त्यसमध्ये पि।बी। गुरुङ युकेबाट एक हजार पाँच चित्र गुरुङ नयाँबजारको नेतृत्वमा पाँच हजार चार सय त्यसमध्ये कमला गुरुङबाट एक हजार साजय शाक्यबाट एक हजार चित्रबहादुर गुरुङ नयाँबजारबाट दुई हजार रुपैयाँ प्राप्त भएको छ।
त्यस्तै अन्य सहयोगदाताहरुमा लेखनाथ क्लब अर्घौंबाट सुपि्रम गुरुङ र साथीहरुको सहयोगमा दुई हजार एक सय ६५ शंकर भण्डारीको पहलमा तीन हजार त्यसमध्ये सूर्यमान मामा हस्पिटलचोकबाट एक हजार विष्णु खड्काबाट एक हजार देउराली सपिङ सेन्टर हस्पिटलचोकबाट एक हजार सन्तोष भट्टराईको नेतृत्वमा एक हजार दुई सय ४५ कास्की लुम्ले तान्चोक पुरानो घर भई हाल नयाँगल्ली निवासी स्व।रनशोभा गुरुङको अर्घौंमा साजय गुरुङद्वारा संकलित आठ हजार दुई सय ४५ बगर तमु समाजबाट संकलित दुई हजार सात सय ५५ रुपैयाँ प्राप्त भएको समितिका सह-सचिव जगत गुरुङले जानकारी दिनुभयो। साथै पीडित भक्ति गुरुङको सहयोगार्थ आगामी २० गते प्रदर्शन गर्ने भनिएको चलचित्र मेरो एउटा साथी छ को विशेष प्रदर्शन प्राविधिक कारणले असोज ३ गते आइतबार बिहान आठ बजे श्रीकृष्ण हलमा प्रदर्शन गरिने समितिका सदस्य सौरभ श्रेष्ठले जानकारी दिनुभयो।

















