HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार दाङमा आईएलओ १६९ महासन्धि सम्बन्धी पाँच दिने कार्यक्रम शुरु

दाङमा आईएलओ १६९ महासन्धि सम्बन्धी पाँच दिने कार्यक्रम शुरु

E-mail Print PDF
AddThis Social Bookmark Button
देविका जिएम

दाङ १६ भदौ-अन्तराष्ट्रिय श्रम संगठन महासन्धि न।ं १६९ को विषयमा पाँचदिने कार्यक्रम बुधवारबाट दाङको घोराहीमा शूरु भएको छ। महासन्धि नं। १६९ सफलतापूर्वक कार्यान्वयन गर्नका लागि आदिवासी जनजाति सरकार तथा सरोकारवालाहरुलाई तालिमको माध्ययमद्वारा क्षमता अभिबृद्वि कार्यक्रम अन्तर्गत जनजाति तथा वैकल्पिक विकास अध्इयन केन्द्रको आयोजनामा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयेजना गरिएको हो।
 
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय महासचिव बाकृष्ण माबुहाङले आदिवासी जनजाति समुदायमा बौद्विक अभ्यास र चेतनाको विकाश गर्नुपर्ने बताउँनुभयो। आयोजक संस्थाका अध्यक्ष समेत रहनुभएका माबुहाङले आदिवासी जनजाति समुदायको ईतिहास परम्परा मेटाईएकॊ बताउँदै अधिकार प्राप्तिका लागि राजनितिक चेतना आवश्इक रहेको उहाँको धारणा थियो। आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष तिलबहादुर पुन मगरको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रमको पहिलो दिन संस्थाका अध्यक्ष माबुहाङले आदिवासी जनजाति आन्दोलन तथा संघियताका विषयमा प्रशिक्षण दिनुभएको थियो। पाँच दिन सम्म चल्ने कार्यक्रमको प्रशिक्षकमा अधिबक्ता सन्तोष राना मगर संस्थाकी नैना राई रहनुभएको छ। कार्यक्रममा दाङ जिल्लामा रहेका बिभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरु गरी तिस जना बढीको सहभागिता रहेको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)