HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार माओवादी पार्टीको महाधिवेशन गर्न माग

माओवादी पार्टीको महाधिवेशन गर्न माग

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० सेपटम्बर १, माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले करिब २० बर्षदेखि हुन नसकेको पार्टीको महाधिवेशन गर्न केन्द्रीय समिति बैठकमा माग गरेका छन्। बैठकमा उनले आफ्नो राजनीतिक प्रतिवेदनमा महाधिवेशनको माग गरेपछि त्यसप्रति केही नेताहरुले समर्थन पनि जनाएका छन्। माओवादीले महाधिवेशन स्थगित गरी केन्द्रीय बिस्तारित बैठक बोलाएको अवस्थामा पुनः महाधिवेशनको माग भएको हो। उपाध्यक्ष भट्टराईको प्रस्तावलाई समर्थन गर्दै केन्द्रीय सदस्यहरुले पार्टी 'लोकतान्त्रिक नभएको' उल्लेख गर्दै महाधिवेशनको माग गरेका हुन्। बैठकमा गंगा श्रेष्ठलगायतका केन्द्रीय सदस्यले 'जनवादको अभ्यास गर्ने' पार्टीको महाधिवेशन नहुनु गलत भएको टिप्पणी गरेका छन्। 'पार्टी लोकतान्त्रिक भएन भने मुलुकलाई परिवर्तन गर्न सकिदैन,' श्रेष्ठको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, 'त्यसैले अब पार्टीको महाधिवेशन गर्नुपर्छ।' माओवादीमा पटकपटक महाधिवेशनको कुरा भए पनि स्थगित हुँदै आएको छ।
 
अर्का केन्द्रीय सदस्य बामदेव श्रेत्रीले पार्टी नेतृत्वमा अहंकार प्रबृत्ति बढ्दै गएको भन्दै महाधिवेशनको माग गरेको श्रोतले बतायो। बैठकमा शिर्ष नेतृत्वको कार्यशैलीप्रति केन्द्रीय सदस्यले प्रश्न उठाएका थिए। 'पार्टीमा निम्न पूूजीवादी अधैर्य देखापरेको छ,' क्षेत्रीको भनाइ थियो, 'नेताहरुमा दम्भ, अहंकार बढेको छ, सादा जीवन छैन।' उनले पार्टीमा अन्तरसंघर्षको बिधि स्पष्ट गरी दुई लाइन संघर्षलाई व्यवस्थित गर्नुपर्ने माग गरे।

अर्का केन्द्रीय सदस्य खगराज भट्टले पनि पार्टीमा शुद्धिकरण अभियान चलाउनु पर्ने धारणा राखेका थिए। 'नेताहरुले भन्ने बेलामा शुद्धिकरणका ठूल्ठूला कुरा गरेको पाइन्छ,' उनले बैठकमा भने, 'सर्वहारा नैतिकता, आदर्श र मूल्य मान्यता लागु हुन सकेको छैन।' उनले फरक बिचारलाई पनि आधिकारिक नीतिको रुपमा बिकास गरी दुई लाइन संघर्ष चलाउनु पर्नेमा जोड दिएका थिए। लोकतान्त्रिक गणतन्त्रबाट अघि बढ्ने कि जनबिद्रोहमा जाने, भारतसंग प्रधानअन्तरबिरोध गर्ने कि नगर्ने, महाधिवेशनलगायत बिषयमा बैठकमा बहस भइरहेको छ। बैठकमा धारणा राख्ने अधिकांश नेताले सरकारमा गएपछि र त्यसपछि पार्टी अलमलमा परेको उल्लेख गर्दै उच्च नेताहरुको आलोचना गरिरहेका छन्।

आगामी कार्यदिशाबारे बैठकमा तीब्र मतभेद भएपछि केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्न १०/१० मिनेटको समय दिइएको छ। मंगलबार झक्कु सुवेदी, दिनेश शर्मा, चन्द्रहरि सुवेदीलगायत २६ केन्द्रीय सदस्यले धारणा राखेका थिए। अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराईको प्रतिवदेनमाथि ९१ जना नेताहरुले आफ्नो धारणा राखिसकेका छन्।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)