HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार एमाले दाङद्वारा शान्ति संविधानका लागि संगठन सुदृढीकरणका अभियान

एमाले दाङद्वारा शान्ति संविधानका लागि संगठन सुदृढीकरणका अभियान

E-mail Print PDF
AddThis Social Bookmark Button
देविका जिएम

दाङ भदौं १४। नेकपा एमाले दाङले शान्ति संविधानका लागि एक महिने संगठन सुदृढिकरणका विशेष अभियान शुरु गरेको छ। एमालेका जिल्लामा रहेका पाँच वटै क्षेत्रिय कमिटीहरुले सोमवार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी एकैसाथ अभियानको शुरुवात गरेका छन्। अभियान अन्तगर्त राष्ट्रिय प्रतिनिधि परिसद सदस्य केन्द्रीय विभागका नेताहरु अाचल र जिल्ला कमिटीका सदस्यहरुले शान्ति संविधान र संगठन सुदृढिकरणका लागि प्रशिक्षण दिने वताइएको छ।

अभियानमा एमाले दाङले क्षेत्रीय नगरकमिटी जनबर्गीय संगठनका दुईहजार बढी संगठित सदस्यलाई जिल्लाका सबै स्थानमा परिचालन गर्ने जनाएको छ। पाँचै क्षेत्रमा अगामि असोज १७ गतेसम्म प्रशिक्षण भेला वैठक भेटघाट घरदैलो सुझाव संकलन कार्यक्रम गरिने एमाले दाङले जनाएको छ।
 
विशेष अभियान अन्तर्गत एमाले क्षेत्र नम्वर १ २ ३ ४ र ५ मा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरिएको छ। एमाले क्षेत्र नम्वर ३ ले घोराहीमा कआयोजना गरेको कार्यक्रमको उद्घाट गर्दै एमाले जिल्ला अध्यक्ष लक्ष्मण अचार्यले बिशेष अभियानको उद्देश्य र आवश्यकताका बारेमा प्रष्ट पार्दै मुलुकको प्रमुख राजनीतिक कार्यभारलाई पुरा गर्न पार्टीलाई सांगठनिक एवं बैचारिकरुपमा जनसमुदायमा स्थापित गर्न जरुरी भएको बताउनुभयो। उहाँले शान्ति र संविधानका लागि एमालेले खेलेको भूमिका अहम भएपनि अन्य पार्टीलाई जिम्मेवार बनाउन जनताको खबरदारी आवश्यक भएको वताउनुभयो। एमाले राष्ट्रिय परिषद् सदस्य देवी पोख्रेलले राष्ट्रिय राजनीतिमा देखा परेको गतिरोधका बारेमा जनतालाई स्पष्टरुपमा जानकारी गराउनका लागि पनि अभियानलाई सफल बनाउन सम्पूर्ण कार्यकर्ता सकि्रयरुपमा खट्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा एमाले दाङका जिल्ला उपाध्यक्ष अशोक चौधरी पार्टी जिल्ला कमिटी सचिवालय सदस्य भुपबहादुर केसी शुरामणि बेल्वासे सम्बोधन गर्नुभएको थियो। कार्यक्रम क्षेत्र नम्वर ३ का अध्यक्ष घनश्याम बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो। क्षेत्रिय कमिटीका उपसचिव प्याउली केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको साचालन क्षेत्रिय सचिव द्रोण बहकरीले गर्नुभएको थियो।

यसैगरी क्षेत्र नम्वर १ ले लमहीमा अयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथि राष्ट्रिय परिषद् सदस्य रेवतीरमण शर्माले सम्बोध गर्नुभएको थियो। कार्यक्रम क्षेत्र नम्वर १ का क्षेत्रिय अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। क्षेत्र नम्वर २ ले पनि एक कार्यक्रमको आयोजना गरी विशेष अभियान उद्घाटन गरेको छ। क्षेत्रिय अध्यक्ष हेमराज पुनको अध्यक्षता एवं राष्ट्रिय परिषद् सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा एमाले नेताहरु बीरबहादुर केसी भोजराज वली हेमराज पुन बिबेक श्रेष्ठलगायतले बोल्नुभएको थियो। कार्यक्रमको साचालन सरिता सुबेदीले गर्नुभएको थियो। यसैगरी क्षेत्र नम्वर ४ ले तुलसीपुरमा अभियानको शुरुवात गरेको थियो। कार्यक्रम क्षेत्रिय अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षता तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य टोपेन्द्र केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले नेताहरु दामोदर अधिकारी मेटमणी चौधरी सीता न्यौपाने हीरा पुनलगायतले बोल्नुभएको थियो। त्यस्तै क्षेत्र नम्वर ५ ले धनौरीको खैरेनीमा एक कार्यक्रमका बीच अभियानको उद्घाटन गरेको छ। क्षेत्रिय अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले नेता टीकाराम खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो। अभियान अन्तर्गत एमालेले जिल्लाका सबै स्थानमा सकि्रय कार्यकर्तालाई विभिन्न जिम्मेवारी दिइएको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)