HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार कुलचन्द्र गौतम राष्ट्रसंघीय महासभा अध्यक्ष पदको उम्मेदवार

कुलचन्द्र गौतम राष्ट्रसंघीय महासभा अध्यक्ष पदको उम्मेदवार

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० अगष्त ३१, प्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रसंघीय महासभा अध्यक्ष पदका उम्मेदवार कुलचन्द्र गौतमलाई सर्वसम्मत बनाउने अभियानमा लागेका छन्। यसैक्रममा उनले सोमबार नेपालस्थित एसियाली देशका राजदूतलाई भेटेका छन्। उनले ती राजदूतलाई सोही बेलुका होटल र्‍याडिसनमा रात्रिभोज पनि दिएका छन्।
 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार प्रधानमन्त्री नेपालले सोमबार दिउँसो नेपालका लागि चीनका राजदूत क्यु गोहोङ र नेपालका लागि रसियाका राजदूत लिओनिदोभिच त्रोफिमोभलाई सिंहदरबारस्थित आफ्नै कार्यालयमा भेटी महासभाको अध्यक्षमा नेपालका उम्मेदवार गौतमलाई समर्थन गर्न आग्रह गरे। चीन र रसिया राष्ट्रसंघीय सुरक्षा परिषद्मा सदस्यसमेत रहेका एसियाली मुलुक हुन्। रिजालका अनुसार राजदूतद्वयले नेपालको उम्मेदवारी तर्कसंगत र उपयुक्त रहेकाले सकारात्मक रूपमा लिएको जनाए। महासभाको अध्यक्षता क्षेत्रगत रूपमा दक्षिण पूर्वी एसियाबाहेक सबै क्षेत्रबाट भइसकेको छ। दक्षिण पूर्वी एसियाली मुलुक भएकाले अध्यक्षता आफूले गर्न पाउनुपर्ने नेपालको तर्क छ।

एसियाका ५२ मुलुकमध्ये करिब एक दर्जनको नेपालमा दूतावास छ। प्रधानमन्त्री नेपालले यसअघि सार्क राष्ट्रका नेपालस्थित राजदूतसँग भेटी गौतमको उम्मेदवारी सर्वसम्मत बनाउनका लागि सघाउन आग्रह गरेका थिए। महासभा अध्यक्षमा अर्को एसियाली मुलुक कतारले पनि उम्मेदवारी दिएको छ। रोलक्रमअनुसार महासभाको अध्यक्षता गर्ने पालो एसियाको हो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)