HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार भारतीय दुतावासबाट संचार स्वतन्तत्रामाथि हस्तक्षेप

भारतीय दुतावासबाट संचार स्वतन्तत्रामाथि हस्तक्षेप

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० अगष्त ३१, डाबर नेपालका उत्पादन गुणस्तरीयताबारे संचारमाध्यममा आएका समाचारप्रति भारतीय दुतावासको प्रतिक्रियालाई संसद्को अन्तराष्ट्रिय सम्वन्ध र मानवअधिकार समितिले संचार स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको ठहरसहित दुतावासलाई तत्काल कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ। भारतीय दुतावासबाट संचार स्वतन्तत्रामाथि हस्तक्षेप गरी प्रतिक्रिया आएकाले त्यसबारे स्पष्टीकरण लिन र कारवाही प्रक्रिया अघि बढाउन सरकार एक मिनेट पनि चुप लागेर बस्न नहुने समितिको निष्कर्ष छ।
 
डाबरका उत्पादनमा देखिएको गुणस्तरहीनताका सन्दर्भमा नेपाली संचार माध्याममा छापिएका विषयवस्तुलाई लिएर दुतावासद्वारा जारी विज्ञप्ति कुटनीतिक सीमा र मर्यादा विपरित भएको भन्दै समितिले दुतावासको अभिव्यक्तिप्रति सर्वसम्मत भत्स्रनासमेत गरेको छ। 'राजदूतलाई तत्काल स्पष्टिकरण सोध्न सरकारलाई निर्देशन दिने सर्वसम्मत निर्णय भयो' समितिका सभापति पद्मलाल विश्वकर्माले सोमवार कान्तिपुरसित भने, 'त्यस्तो अभिव्यक्तिले स्वतन्त्र र संप्रभुतामाथि नै हस्तक्षेप गरेको छ।'

डाबर नेपाल नामक बहुराष्ट्रिय कम्पनीका गुणस्तरहीन उत्पादनबारे नेपाली संचार माध्यामले समाचार सम्प्रेषण गरेपछि दुतावासले त्यसको खण्डन गर्दै विज्ञप्ति निकालेको थियो। त्यसमा नेपाली प्रेसलाई निम्नस्तरको आरोप लगाउादै 'विज्ञापन नदिएमा तीं कम्पनीविरुद्ध नकारात्मक प्रचार/प्रसार गर्ने धम्की दिएको' उल्लेख थियो। बैठकमा बोल्ने अधिकांश सभासद्ले भारतीय दुतावासबाट पटक पटक मुलुकको आन्तरिक मामलामा हस्तक्षेप हुने गरेको भन्दै त्यस्ता गतिविधि रोक्न सरकारले पहल थाल्नुपर्ने बताएका थिए। उनीहरुले दुतावासले संचार स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने गरी दिएको अभिव्यक्तिप्रति खेदसमेत प्रकट गर्दै आगामी दिनमा आन्तरिक मामलामा हस्तक्षेप नगर्न र गलत प्रतिक्रिया चेतावनी दिएका थिए। 

बैठकमा बोल्दै एमाले सभासद् राधा ज्ञवालीले नेपालको आन्तरिक विषयमा पटक पटक भारतीय दुतावासले अभिव्यक्ति दिनु कुटनीतिक मर्यादाविपरित भएको भन्दै त्यस्तो क्रियाकलाप रोक्न सरकारले ध्यान दिनुपर्ने बताईन्। डाबरका उत्पादनमा देखिएको गुणतस्रीयता बारे सत्य तथ्य समाचार सम्प्रेषण भएपछि त्यसको वचाउ गर्न दुतावास नै लाग्नु विडम्बना भएको भन्दै ज्ञवालीले अनावश्यक वक्तव्यवाजी गर्न छाड्नुपर्ने धारणा राखिन्।

'डाबरका मात्र होइन, गुणस्तरहीन जुनसुकै कम्पनीका उत्पादनलाई नेपाल सरकारले कारवाही गर्न सक्छ' उनले भनिन्, 'गलत कुरालाई लुकाउन दुतावासले धम्की दिनु मुलुकमाथिको हस्तक्षेप हो।' सद्भावनाकी सभासद् गौरी महतो कोइरीले पटक पटक भारतीय दुतावासले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै सत्य तथ्य समाचार सम्प्रेषण गर्ने नेपाली संचार माध्यामका विपक्षमा वक्तव्यबाजी नगर्न दुतावासलाई चेतावनी दिईन्।

उनले यसबारे सरकारले तत्काल दुतावासलाई प्रष्टिकरण लिनुपर्ने बताइन्। तत्कालिन सभासद् रामकुमार शर्मालाई धम्की दिने दुतावासका कन्सुलरलाई कारवाहीबारे सरकारले गरिरहेको पहलबारे पनि सरकारले जवाफ दिनुपर्ने उनको माग थियो। यस अघि समितिले तत्कालिन सभासद् शर्मालाई धम्की दिने दुतावासका कन्सुलर सुब्रत दासलाई 'देश निकाला गर्न' सरकारलाई निर्देशन दिएको थियो। वैठकमा तमलोपाका सलाहुद्दिन मुसलमान, काँग्रेस सभासद् मोहम्मदी सिद्दिकी, माओवादीका ध्रुब आङ्दम्बे, मालेकी पार्वती महतो कुमाललगायतले बोलेका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)