पोखरा भदौ १३। मृगौला पीडित नस्र भक्ति गुरुङको उपचारार्थ भक्ति गुरुङ बचाउ अभियान समितिले आइतबारसम्म १२ लाख ६३ हजार तीन सय ९० रुपैयाँ संकलन गरेको छ। समितिलाई युकेमा रहेका नर्सिङ आजीवन सदस्य विष्णु गुरुङ र उर्मिला शर्माको नेतृत्वमा संकलित एक लाख २७ हजार तीन सय पाँच रुपैयाँ प्राप्त भएको छ।
त्यस्तै पश्चिमान्चल क्षेत्रीय अस्पतालबाट ५७ हजार सात सय २७ मनिपाल हस्पिटल तथा कलेजबाट ४३ हजार दुई सय तीन आईओएम पोखरा नर्सिङ कलेजबाट १८ हजार ६० रिटायर्ड नस्र तथा अन्य शुभेच्छुकबाट १० हजार छ सय ४० नेपाल नरसिङ संघ जिल्ला कार्य समिति कास्कीका पदाधिकारीहरु तथा सल्लाहकारहरुबाट आठ हजार तीन सय फिस्टेल हस्पिटल तथा नरसिङ कलेजबाट सात हजार चार सय पचास पोखरा हस्पिटल एण्ड रिसर्च सेण्टरबाट सात हजार तीन सय ६० ओम हस्पिटलबाट पाँच हजार २७ पद्म हस्पिटलबाट चार हजार नौ सय रुपैयाँ प्राप्त भएको छ।
त्यसैगरी हिरा आचार्य पौडेल अमेरिकाको नेतृत्वमा १७ हजार छ सय चार पोखरा विश्वविद्यालयबाट तीन हजार पाँच सय मेट्रोसिटी हस्पिटलबाट दुई हजार चार सय ५० मोडल हस्पिटलबाट एक हजार एक सय रुपैयाँ प्राप्त भएको समितिका सह-सचिव जगत गुरुङले जानकारी दिनुभयो। साथै समितिलाई देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको समितिले जनाएको छ।


















