सुन्दर आले
क्वालालम्पुर। दुई वर्ष अगाडि मलेसियामा स्थापना भएको नेपाली व्यापारी समाज मलेसियाले दोस्रो अधिवेशन क्वालालम्पुर स्थित मलाया होटलमा सम्पन्न भएको छ।
नेपाली व्यापारी समाज मलेसियाका अध्यक्ष कर्मा गुरुङ्गको सभापतित्वमा सुरु भएकोकार्यक्रममा प्रमुख अतिथि नेपाल एयरलाइन्सका मलेसियाका निर्देशक रामबहादुर थापा तथा अतिथिमा नेपाल पत्रकार महासंघका आध्यक्ष विनो लामा रहनु भएको थियो भने कार्यक्रमको संचालक फिल्म डाईरेक्टर सुरेश दर्पण पोखरेलले गर्नु भएको थियो।
कार्यक्रममा शुभकामना मनतव्य दिने क्रममा विनोलामा प्रमुख अतिथि राम बहादुर थापाले नयाँ बन्नेकमिटीलाई शुभकामना दिनुको थियो भने समाजका सचिव विश्वराईले संस्थाको गतिविधीकोवारेमा प्रस्तुत गर्नु भएको थियो। समाजका कोषाध्यक्ष दिपक वोकटीले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रतिवेदनमा आजसम्म समाजमा नेपाली २३ लाख आम्दानी भएको र उक्त रकममा नेपालमा भएको बाढीपिडितलाई ५ लाख प्रदान गरिएको थियो भने मलेसियामा अपाङ्ग भएका आपतकालिन मृतकको परिवारलाई सहयोग प्रदान गर्दै आएको छ भने समाजमा बाँकी नेपाली एकलाख रुपिया समाजमा रहेको कोषाध्यक्ष दिपक वोकटीले उक्त अधिवेशन मार्फत बताउँनुएको थियो।
मलेसियामा नेपाल व्यापारी समाजको स्थापना भएपछि मलेसियामा नेपाली श्रमिकहरु प्रति आईपर्ने समस्याहरुलाई केहि राहत मिल्ने र व्यापारीहरुलाई एकवद्धतामा लैजाने देशमा भईपरि आउँने आपत्कालिन समस्यालाई समाधान गर्ने समाजको मुख्य उदेश्य हो भने पहिलो उद्घाटन समारोहलाई कर्मा गुरुङ्गले समापन गर्नु भएको थियो। भने राजेश श्रेष्ठको अध्यक्षतामा ११ सदस्य समिति चयन गरिएको छ। जसमा अध्यक्षः राजेश श्रेष्ठ उपाध्यक्षः सोनाम लामा सचिवः खुम राना मगर सहसचिवः ईन्द्र लिम्वू कोषाध्यक्षः सुभद्रा लिङेदेन रहनु भएका छन् भने सदस्यहरुमा दिल कुमार लिम्वू हाकिम श्रेष्ठ शिव थापा डेविड श्रेष्ठ कालु गुरुङ रहेका छन् भने समाजको संरक्षकमा दिपक वोगटी सल्लाहकार भवानी शंकर तिवारी कर्मा गुरुङ वाल म्यावोहाङ बल गुरुङ कृष्ण आङ्दम्वेलाई चयन गरेको छ बाँकी एक जना सदस्य पछि थप गरिने भएको छ। कार्यक्रमको अन्तिम चरणमा नेपालका चर्चित गायक आनन्द कार्कीको सुमधुर स्वरले कार्यक्रमलाई रोनौक बनाएको थियो।


















