२०१० अगष्त ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लास्थित बाँडेगाउँमा पूर्व प्रधान मन्त्री कृष्णप्रसाद भट्टराईको निवास भत्केकोमा सो निर्माण कार्यको निरीक्षण गर्न प्राविधिक टोली खटाएको छ। उसले यसका लागि अनुसन्धान अधिकृतसमेत तोकेको छ।
टोलीको प्रतिवेदनअनुसार भट्टराईको निवासको पाहुना घर अगाडिको पर्खाल निम्न गुणस्तर र उपयुक्त प्रविधिबिना निर्माण भएकाले सो टेवापर्खाल भत्केको हुँदा सो भवनको अवस्था नाजुक रहेको र अन्य निर्माण कार्यसमेतको गुणस्तर सन्तोषजनक नदेखिएको हुँदा आयोगबाट सो निर्माण कार्यको छानबिन गरी विस्तृत अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकेको छ।
यसैगरी आयोगले उपत्यकाका विभिन्न स्थानका करिब ७ सय रोपनी सरकारी एवम् सार्वजनिक जग्गाहरू अनियमित तवरले व्यक्तिको नाममा दर्ता गरिएको भन्ने सम्बन्धमा विस्तृत अनुसन्धान गरी छानबिन गर्न पनि आज अनुसन्धान अधिकृत तोकेको छ।

















