देविका जिएम
दाङ१३ भदौ- दाङस्थित मध्यपश्चिम सामुदायिक अस्पतालमा डेढ महिनापछि मेजर ओटी सेवा सन्चालन हुने भएको छ। मेजर ओटी सन्चालन भएपछि अस्पतालमा अप्रेसन सेवा सुरु हुनेछ।
मध्यपश्चिम सामुदायिक जनस्वास्थ्य अस्पतालले दिएको जानकारी अनुसार मेजर ओटी सन्चालनका लागि व्यापक तयारी भइरहेको छ। माइनर ओटी सन्चालन गरेको अस्पतालले करीव डेढ महिनापछि मेजर ओटी सेवा सन्चालनका लागि गृहकार्य गरिरहेको जनाएको छ। अस्पतालले माइनर ओटी अन्र्तगत ल्याव भिडियो एक्सरे लगायतका सेवा दिइरहेको अस्पतालका व्यवस्थापक विनोद ज्ञवालीले बताउनुभयो। अस्पतालमा एमडिजिपी डाक्टर एकजना विभिन्न विशेषज्ञ अन्र्तगत छालारोग हाडजोर्नी लगायतका विशेषज्ञहरु रहेको उहाँले बताउनुभयो।
अस्पतालमा हाल दैनिक १२-१५ जना बिरामीहरु उपचारका लागि आउने गर्दछन्। अस्पतालले विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरेर बिरामीलाई सेवा दिँदै आएको जनाएको छ। गोवरर्डिहाको कालाकाँटे र पाचकुलेमा स्वास्थ्यसेवा केन्द्र स्थापना गरेर अस्पतालले स्वास्थ्यमा पहुँच नभएकाहरुलाई पचुँह दिलाउने काम गरेको जनाएको छ।
स्वास्थ्यसेवा केन्द्रमा अड्रेसिङ डे्रसिङ प्राथमिक उपचार सल्लाह तथा परामर्शहरु दिने गरेको मध्यपश्चिम सामुदायिक जनस्वास्थ्य अस्पतालका व्यवस्थापक ज्ञवाली बताउनुहुन्छ। "सेवा केन्द्रमा सामान्य उपचार हुन्छ यहाँ आउन नसक्ने बिरामीहरु स्वास्थ्यसेवा केन्द्रबाट पनि लाभान्वित हुनुभएको छ" उहाँले भन्नुभयो। १ सेवा केन्द्रमा ३ जना कर्मचारीको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। "स्वास्थ्य केन्द्रमा महिनाको पहिलो शनिवार निःशुल्क स्वास्थ्य परिक्षण हुन्छ त्यतिबेला यहाँबाट डाक्टरहरु जाने व्यवस्था मिलाइएको छ" उहाँले भन्नुभयो। परिक्षणका लागि न ३०÷४० जना मानिस आउने गरेको र बढी महिला नै हुने गरेको अस्पतालले जनाएको छ। अस्पतालले जिल्लाका ३९ वटै गाविसमा स्वास्थ्यसेवा केन्द्र विस्तार गर्ने उद्देश्यले लागिपरेको जनाएको छ। पुरन्धारामा पनि निकट भविष्यमै स्वास्थ्यसेवा केन्द्र खोलिने बताइएको छ। सबै स्वास्थ्य केन्द्रमा सिएमए र एचएका उपचार नियमित हुने गरेका छन्।
मध्यपश्चिम सामुदायिक जनस्वास्थ्य अस्पतालले परिवार स्वास्थ्य कार्यक्रमअन्र्तगत परिवार स्वास्थ्य सदस्यता कार्यक्रम साचालन गरेको छ। हालसम्म ३ हजार सेवाग्राहीहरुले सदस्यता लिएको अहेव ऋषिकेश चन्दले बताउनुभयो। ुउनीहरुलाई होमकलअन्र्तगत उपचारमा सेवा दिने गर्दछौँ सदस्यता भएपछि १५ प्रतिशत छुटमा उपचार दिने प्रावधान रहेको छु उहाँले भन्नुभयो। परिवार स्वास्थ्य सदस्यता भएकाहरुले ३ वर्षसम्म उपचार पाउने छन्। त्यस्तै अस्पतालले आजिवन स्वास्थ्य सदस्यता पनि प्रदान गर्ने गर्दछ। आजिवन सदस्यहरुलाई जीवनभर उपचारमा २५ प्रतिशत छुट दिने प्रावधान रहेको चन्दले बताउनुभयो। अहिलेसम्म ६० जना आजिवन सदस्यताअन्र्तगत सेवाग्रहीहरुले सेवा लिएको र उनीहरुलाई प्राथमिक उपचार तालिम झोला निःशुल्क दिने व्यवस्था मिलाइएको चन्दले बताउनुभयो। ग्रामीणस्वास्थ्य कार्यक्रमअन्र्तगत हेपाटाइटिस बि भ्याक्सिन कार्यक्रम सन्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो। यहीँ भदौ महिनादेखि कार्यक्रम साचालन गर्ने र जिल्लाका सबै क्षेत्रमा घरदैलो अभियान साचालन गर्ने तयारी भइरहेको बताइएको छ। त्यस्तै विद्यालय स्वास्थ्य कार्यक्रम पनि सन्चालन गरिएको अस्पतालले जनाएको छ। "विद्यार्थीहरुलाई सामान्य स्वास्थ्य परिक्षण निःशुल्क जुका औषधि वितरण गर्ने गर्दछौँ" उहाँले भन्नुभयो। प्रायः सबै विद्यालयमा माविस्तरीय स्वास्थ्य कार्यक्रम हुने छन्।
नेपाल हेल्थ वेल फेयर रिसर्च सेन्टरद्वारा साचालित मध्यपश्चिम सामुदायिक जनस्वास्थ्य अस्पतालले पाठेघरका बिरामीहरुलाई उपचार गर्ने गरेको जनाएको छ। मध्यपश्चिमका १६ जिल्लामा २ हजार ५ सय महिलाको पाठेघर अप्रेशन गर्ने लक्ष्यका साथ लागिपरेको नेपाल हेल्थ वेल फेयर रिसर्च सेन्टरका केन्द्रीय संयोजक छवी पन्थीले बताउनुभयो। महिलाहरुको पाठेघर खसेको निःशुल्क अप्रेशनका लागि व्यापक तयारी भएको उहाँले बताउनुभएको छ। "हामीले यहाँका पाठेघरसम्बन्धी समस्या भएका बिरामीहरुलाई निःशुल्क अप्रेशन गर्ने तयारी गरीरहेका छौँ केही दिनपहिले पनि पाठेघर खस्ने बिरामीको उपचारार्थ चितवन लगेका थियौँ" उहाँले भन्नुभयो। यहाँका ४५ जना पाठेघरका बिरामीहरुलाई खाना बस्नलगायतको खर्चसहित अप्रेशनका लागि चितवन लगिएको उहाँले बताउनुभयो। २०६५ कार्तिकदेखि स्थापना भएको मध्यपश्चिम सामुदायिक जनस्वास्थ्य अस्पतालमा ६ जना स्वास्यथ्यका कर्मचारीसहित १० जना कर्मचारी रहेका छन्। घोराहीको मेनरोडमा अवस्थित सामुदायिक अस्पताल गत साउनदेखि स्वर्गद्वारी एफएमदेखि गणेशमन्दिरको रोडको बीच भागमा सरेको छ।


















