२०१० अगष्त २९, कांग्रेसले १२ औं महाधिवेशनको नारा 'शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान, नेपाली कांग्रेसको अभियान' राखेको छ। उसले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तलाई मूल आदर्श मानेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेमा जोड दिने जनाएको छ। महाधिवेशन प्रचारप्रसार समितिका संयोजक कृष्णप्रसाद सिटौलाले शनिबार पत्रकार सम्मेलनमा संशोधित विधानअनुसार महाधिवेशन हुन गइरहेको बताए।
समावेशी सहभागितालाई सुनिश्चित गर्दै महाधिवेशनमा ३ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी सिटौलाले दिए। उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्याई स्थायी शान्ति बहाली गर्न र संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गरी राजनीतिक स्थायित्वमा महाधिवेशन जोड दिने बताए। 'महाधिवेशनले बृहत् एकता, मेलमिलाप र सद््भाव कायम गर्न सफल हुने विश्वास छ,' उलने भने।
सिटौलाका अनुसार क्रियाशील सदस्य संख्या ३ लाख १२ हजार ४ सय ८३ र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट करिब ५ हजार छ। एघारौं महाधिवेशनको क्रियाशील सदस्यता संख्या १ लाख ७९ हजार ९ सय १३ मात्रै थियो। महाधिवेशन तयारीका लागि अहिलेसम्म कार्यवाहक सभापति सुशील कोइरालाको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, मन्त्रीहरू, राज्य/सहायक मन्त्रीहरू, संविधानसभाका सदस्यहरू, सबै भ्रातृ संस्थाका अध्यक्ष/सभापतिहरू, सबै शुभेच्छुक संस्थाका सभापतिहरू सदस्य रहेको्द्य १२ औं महाधिवेशन मूल तयार्द्यी समिति र त्यसअन्तर्गत विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, भोजन-आवास व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आन्तरिक व्यवस्थापन समिति, अर्थ संकलन समिति र स्वयंसेवक व्यवस्थापन समिति गठन भइसकेका छन्।

















