HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको स्थापना

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको स्थापना

E-mail Print PDF
AddThis Social Bookmark Button
गत २७ अगष्ट २०१० का दिन साउदी अरेवियामा रहनु भएका साहित्यिक स्रष्टाहरुले विधिवत रुपमा विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको निर्माण गरेका छन्। १४५ औ मोती जयन्तिको अवसरलाई शुभसाइत मानेर एक कार्यक्रमको आयोजना गरी महासंघ निर्माण भएको घोषणा गरिएको थियो। शाखाका पदाधिकारीहरु यसप्रकार रहेका छन्। अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, अर्थसचिव र अर्थसहसचिवमा क्रमशः खगेन्द्र अधिकारी अमृत, सूर्यकिरण याख्खा, पुष्पक वली, कमल शाही निर्मल, रुपक दाहाल, दुर्गाबहादुर शाही र राजु पौडेल रहनु भएको छ भने सदस्यहरु कुमार श्रेष्ठ, पूर्ण गुरुङ, शिववहादुर थापा, राजेन्द्र महतो, विष्णु प्रसाद चापागाई, कृष्ण प्रसाद सतुगे र दिलकुमार श्रेष्ठ एक्ले रहनु भएको छ भने केन्द्रिय प्रतिनिधिको लागि सागर श्रेष्ठलाई चयन गरेको छ। महासंघको सल्लाहकारहरुमा छाँयाचन्द्र भण्डारी, सुविन श्रेष्ठ, सुरज गिरी, कोपिला राई रहनु भएको छ।
 
कार्यक्रमलाई प्रवासीनेपालीडटकम ले प्रत्येक्ष प्रसारण गरेको थियो भने उक्त कार्यक्रमलाई साहित्य महासंघ केन्द्रिय अध्यक्ष डा. मधु माधुर्य रसिया र महासचिव विश्वास दीप तिगेला ब्रुनाई बाट प्रत्येक्ष फोन मार्फत सम्बोधन गरेका थिए। कार्यक्रमको संयोजक सागर श्रेष्ठ रहनु भएको थियो।

विभिन्न देशमा महासंघको शाखा बन्नेक्रम तीब्र गतिमा अघि बढिरहेको कुरा महासंघ केन्द्रिय समितिले जनाएको छ। जसअनुसार मलेशिया शाखा यहि २९ अगष्टमा र अमेरिका शाखा यहि मोति जयन्तिको अवसरमा निर्माण हुनेछ। अत्यन्तै महत्वका साथ हेरिएको नेपाल शाखा निर्माणको लागि पनि छलफल अघि बढेको र केही समय भित्रै निर्माण हुने कुरा जानकारी प्राप्त भएको छ। अन्य देश देशहरुमा पनि यो लोकप्रियता बढ्दो छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)