HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार राष्ट्रपति र सेनाको बढ्दो सक्रियाता प्रति माओवादीको आपत्ति

राष्ट्रपति र सेनाको बढ्दो सक्रियाता प्रति माओवादीको आपत्ति

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० अगष्त २८, माओवादीले राष्ट्रपतिको बढ्दो गतिविधि र अनमिनको म्याद नथप्न सेनामा देखाएको 'सक्रियाता' प्रति प्रधानमन्त्रीसँग आपत्ति जनाउँदै सरकारको औपचारिक धारणा माग गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठले शुक्रबार प्रधानमन्त्री माधवकुमार नेपाललाई सिंहदरबारमा भेटी राष्ट्रपति, सेनाको गतिविधि र अनमिनको म्याद नथप्ने सत्तारूढ दलका नेताहरूको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
 
माओवादी नेताहरूले राष्ट्रपतिको गतिविधि पनि केही दिनयता बढिरहेकाले भन्दै उनी सक्रिय हुन खोजको आशंका व्यक्त गरेका हुन्। साथै सेना तथा माओवादी लडाकु र हतियार व्यवस्थापनको अनुगमन गर्ने संयुक्त अनुगमन समन्वय समिति -जेएमसीसी) को बैठकमा नेपाली सेना अनुपस्थित भएको र अनमिनको म्याद थपको विपक्षमा उसको सक्रियताबारे माओवादी नेताहरूले प्रश्न उठाएका थिए।

प्रधानमन्त्री नेपालले सेना सदैव लोकतन्त्रको पक्षमा रहेको उल्लेख गर्दै सधैंभरि ब्यारेकमा मात्रै रहने अवस्थाबाट उसलाई अविलम्ब मुक्त गर्नुपर्ने बताए थिए। 'लोकतन्त्रप्रति सेनाको निष्ठा छ, नेपाली सेनाले सरकारको निर्देशन पालना पनि गर्दै आएको छ,' प्रधानमन्त्रीले भने, 'बरु अहिलेको अवस्थामा सेनाको अवस्था पीडादायी छ, राष्ट्रिय सेना ब्यारेकभित्र मात्रै सीमित रहने अवस्था रहनु हुँदैन अविलम्ब मुक्त गर्नुपर्छ।प्रधानमन्त्रीले राष्ट्रिय सेनालाई अरू कुनै पनि पक्षसँग तुलना गर्ने कुरा न्यायोचित नहुने भन्दै त्यसमा माओवादी पनि स्पष्ट हुनुपर्नेमा जोड दिए। 'लोकतन्त्रप्रति प्रतिबद्ध सेनालाई तपाईंहरूले चिढ्याउने काम गर्नुभएन,' उनले भने, 'हामी सबैले नेपाली सेना सबैको साझा राष्ट्रिय सेना भएकाले संविधानका आधारमा संरक्षण गर्र्छौं भन्ने विश्वास दिलाउनुपर्छ।

उनले राष्ट्रपति र नेपाली सेना दुवै संस्थाप्रति आशंकित नहुन माओवादी शीर्ष नेतृत्वलाई आग्रह गरे। उनले शान्ति प्रकृयाप्रति अरुचि देखाएको र विगतका कुनै पनि प्रतिबद्धता पूरा नगरेकाले अन्य राजनीतिक दल र्सवसाधारणमा जनतामा माओवादीप्रति नै गम्भीर आशंका रहेको बताएका थिए। उनले ती आशंका हटाएर अघि बढ्न माओवादीलाई सुझाव दिए। प्रधानमन्त्रीले अहिले सांस्कृतिक राजतन्त्रको कुरा उठाइएका भन्दै माओवादी नेताहरूको ध्यानाकर्षा गराए। 'अहिले सांस्कृतिक राजतन्त्रको कुरा उठ्नु गलत हो,' उनले भने, 'त्यो अब नेपाली जनतालाई स्वीकार्य छैन।' पानी धमिलो पारेर माछा मार्नेहरू देखा पर्न सक्ने भएकाले त्यसमा सचेत रहनुपर्ने उनको धारणा थियो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)