HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार मानव बेचबिखन रोकथामको ९३ हजार खर्च हुन सकेन

मानव बेचबिखन रोकथामको ९३ हजार खर्च हुन सकेन

E-mail Print PDF
AddThis Social Bookmark Button
देविका जिएम

दाङ १० भदौ- जिल्लामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि आएको ९३ हजार रुपयाँ खर्च हुन सकेको छैन। मानव बेचबिखन ओसारपसार रोकथाम तथा नियन्त्रण समिति दाङले आज बिहिवार दाङको घोराहीमा आयोजना गरेको छलफल कार्यक्रममा बेचबिखनबाट फर्केका महिलाहरुलाई संरक्षण र उद्धारका लागि आएको बजेट तीन बर्षदेखि खर्च हुन नसकेको जानकारी दिएको छ।
 
दाङ मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेको र राज्यले १५ औं जोखिम जिल्लामा राखेको समितिकी सदस्य सचिव महिला बिकास अधिकृत प्रभा श्रेष्ठले बताउनुभएको छ। जिल्लामा चेलीबेटी बेचबिखनका घटना धेरै भएपनि त्यस्ता महिलाहरु सम्पर्कमा नआएको श्रेष्ठले बताउनुभयो। बेचबिखनको समस्यामा परेका महिलाहरुलाई समितिको सम्पर्कमा आउन उहाँले आग्रह गर्नुभयो।

पछिल्लो समयमा जिल्लामा बैदेशिक रोजगारका नाममा महिला बेचबिखनको क्रम बढेको कार्यक्रमका सहभागीहरुले बताए। सहभागीहरुले बेचबिखनको समस्या भएपनि नियन्त्रण समितिले प्रभावकारी काम गर्न नसकेकोमा दुःख व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै समितिका संयोजक प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले बैदेशिक रोजगार अंग बेचबिखन यौन शोषन जस्ता कारणले मानव बेचबिखन हुने गरेको बताउनुभयो। बेचबिखन नियन्त्रणका लागि ऐन नियम मात्रै पर्याप्त नहुने उहाँको भनाइ थियो।

कार्यक्रममा समितिका सदस्य स्थानिय बिकास अधिकारी सूर्यकान्त झाँ प्रहरी निरिक्षक कृष्णबहादुर केसी पत्रकार महासंघका अध्यक्ष प्रताप रेग्मी सचिव सबिन पि्रयाशन कोषाध्यक्ष दुर्गालाल केसी महिला मानवअधिकार रक्षकहरुको साजालकी संयोजक लक्ष्मी आचार्य परिवार नियोजन दाङ शाखाकी चेलिबेटी बेचबिखन नियन्त्रण कार्यक्रम संयोजक निशा शाह हरप्लेसका कार्यक्रम संयोजक बिनोद केसी सेलर्डकी सिता आचार्य पत्रकार सुदर्शन रिजाल बसुन्धरा गौतम लगायतले गाउँगाउँमा चेतनाको अभावले महिला बेचबिखन बढिरहेको धारणा व्यक्त गरेका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)