HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार तायः मचाः नृत्य तथा साँस्कृतिक महोत्सवको दोश्रो दिन मगर चलचित्र चिन्डीयाकको प्रदर्शन

तायः मचाः नृत्य तथा साँस्कृतिक महोत्सवको दोश्रो दिन मगर चलचित्र चिन्डीयाकको प्रदर्शन

E-mail Print PDF
AddThis Social Bookmark Button
रुद्र श्रीस मगर, अनिज समाचार सेवा
 
पोखरा भदौ १०। पोखरा-३ तेसा्रपट्टीमा भैरहेको तायः मचाः नृत्य तथा साँस्कृतिक महोत्सवको दोश्रो दिन विहीबार विभिन्न मातृभाषामा बनेका चलचित्रहरु प्रदर्शन गर्ने क्रममा मगर भाषाको चलचित्र चीन्डीयाक चिनारीको प्रदर्शन गरियो।

बाराही चलचित्र मन्दिरमा प्रदर्शन गरिएको उक्त चलचित्र हेर्न मगर समुदायका युवा युवतीहरुको उपस्थिति थियो।। यसभन्दा पहिले नै उक्त चलचित्र चिनारीको पोखरामा विशेष प्रदर्शन भैसकेको चलचित्रका निर्माता गोविन्द थापामगरले बताउनुभयो।
 
चलचित्रमा मगर जातिको एकता भाषा धर्म संस्कृतिको संरक्षणका लागि युवायुवतीहरुले विशेष ध्यान दिनुपर्ने सन्देश दिन खोजिएको थापामगरले बताउनुभयो। विशेष प्रदर्शन भैसकेपनि चलचित्र हेर्न आएका दर्शकहरुको उपस्थिति भने त्यति उत्साहजनक थिएन। ढिलो खबर भएकाले आफूहरु समेत अलमलमा परेको चलचित्र हेर्न आएका एक दर्शकले बताए। आयोजकका एक सदस्य एवम् नेवाः तजिलजि दबूका अध्यक्ष विष्णुशंकर ख्वाउँजूले भने यस महोत्सवमार्फत् विभिन्न मातृभाषामा बनेका चलचित्रहरुलाई समेत प्रवद्र्धन गर्न खोजिएको बताउनुभयो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)