HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार देविस्थान मैत्री संघ युके को घर्ठोक मेला भव्य रुपमा सम्पन्न

देविस्थान मैत्री संघ युके को घर्ठोक मेला भव्य रुपमा सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
डा चजिन्द्र राना मगर "मगरदाङ" म्याग्दी 
हाल बेलायत

फार्न्बोरो युके, अगस्ट २१,  २०१०। म्याग्दी जिल्लाको उत्तर पश्चिम पर्ने देविस्थान गाविस बासीहरुको सामाजिक संस्था देविस्थान मैत्री संघ यु के द्वारा हरेक बर्ष सन्चालन गरिदै आइएको देविस्थान मेला यस पाली सोही गावीस अन्तर्गत पर्ने घर्ठोकबासी द्वारा घर्ठोक मेला विविध ज्ञानबर्दक, मनोरन्जनात्मक, कार्यक्रम सहित सन्चालन गरियो।

२००७ सालमा श्री री ले रेशम शेर्चनको अध्क्षतामा गठित देविस्थान फेलोशिप हरेक बर्ष सोही गाविस बाट एसएलसी मा उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण हुने जेहेन्दार बिद्यार्थीलाई प्रोत्साहन स्वोरूप रु ५०००।- प्रदान गरिदै आएको छ भने हरेक बर्ष हरेक विधालय बाट उत्कृष्ट हुने विद्यार्थीलाई जनही रु ३०००।- प्रदान गरिदै आएको छ। हरेक बर्ष सोही गाविस अन्तर्गत पर्ने मगरदाङदाङा, रुन्मा, पुन्ठोक, जुग्जा, घर्ठोक ले क्रमै सँग मेला सन्चाल गर्दै आएका छन्।
 
यसपाली वर्तमान अध्यक्ष दम प्रसाद पुन मगर को अध्यक्षतामा घर्ठोक मेला सन्चालन गरियो। उक्त कर्यक्रमका प्रमुख अतिथि भु पु माननिय नर बहादुर पुन मगरले दियो जलाई कार्यक्रमको उदघाटन गर्नुभयो। सोही अवसरमा देविस्थान गाविस भौगोलिक रुपले अत्यन्त मिलेको, म्याग्दी जिल्लामै उत्कृष्ट ठाउ हो, अन्नबालीको लागि पनि अति उर्बर भुमी रहेको उहाँले बताउनुभयो। पर्यटकिय दृष्टिकोणले पनि अत्ती उत्तम रहेको तर प्रचार प्रचारको अभाव रहेको तर्फ पनि उहाँले औल्याउनु भयो। यस उत्तम भुमीका बासिन्दाहरु गा वी स जस्तै तम्म मिलेको देख्दा आफु हर्षित भएको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

कर्यक्रम्का संचालक श्री टन्क शेर्चन ले मिठो बाँसुरीको धुन पस्किनु भयो भने विविध मनोरन्जनात्मक कार्यक्रम नृत्य, चिट्ठा लगायत गाउँमा अत्यन्त प्रचलित छेलो फ्याँक्ने खेल पनि खेलाइएको थियो।

सोही गाविस बाट डाक्टर, इन्जिनियर लगायत विविध विषयमा अध्य्यन पुरा गर्नेहरुलाई सम्मान गरिएको थियो साथै सोही गा वी स बाट बेलायती सेनामा भर्ती भई उत्कृष्ट पद मा पुग्न सफल श्री क्याप्टेन जित घर्ती मगर लाई सम्मान गरिएको थियो। त्यसैगरी  छोरी ज्वाँई, बुढापाका, मान्यजनहरुको नृत्य प्रतियोगिता पनि गराइएको थियो।

उक्त कार्यक्रममा खानपिनका साथै, डि जे डान्स गर्दै अर्को साल मगर दाङको, "देउताभीर" मेलामा भेट्ने वाचा गर्दै कार्यक्रम समापन गरिएको थियो।
 
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)