देविका जिएम
दाङ १० भदौं-छुट्टाछुट्टै घटनामा दाङ र रुकुममा दुईको मृत्यु दुई घाइते भएका छन्। राप्ती नदीले बगाएर वेपत्ता भएका लालमिटया-३ भालुवाङ निवासी प्रकाश ढकालका ७ वर्षीय छोरा काले ढकालको शव बुधवार साँझ फेला परेको छ। बालकको शव लालमटिया-४ बराहखुटीस्थित नहरमा फेला परेको पारिवारिक स्रोतले जनाएको छ।
शव लमही स्वास्थ्य चौकीमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। उता समयमै अस्पताल लैजान नसक्दा रुकुम घेर्मामा एक सुत्केरी महिलाको मृत्यु भएको छ। १५ दिनअघि सुत्केरी भएकी घेर्मा-३ ज्यामिरेकोट निवासी चिमकली मल्लको बुधवार बिहान मृत्यु भएको हो। मल्ललाई पखाला लाग्ने रगत बग्ने ज्वरो आउने जस्ता लक्षण देखिएको थियो। मल्लले दुई हप्ताअघि जुम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन्ा। जुम्ल्याहामध्ये एउटीको जन्मनेबित्तिकै र अर्कीको एक हप्तापछि मृत्यु भएको थियो। यसैबीच खैराबाट घोराहीतर्फजाँदै गरेको रा १ प ७०२१ नं। को मोटरसाइकलको ठक्करबाट दुईजना घाइते भएका छन्ा। मोटरसाइकलको ठक्करबाट साइकलमा सवार ढिकपुर-२ कटुकी निवासी १५ वर्षीय हेमराज डाँगी र मोटरसाइकलमा सवार नारायणपुर-६ खैरा निवासी दीपक रावत घाइते भएका हुन्ा। ठक्करबाट गम्भीर घाइते भएका डाँगीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल र चालक विनोद शाहलाई इप्रका नारायणपुरले नियन्त्रणमा लिएको छ।


















