पोखरा भदौ ०९। मृगौला पीडित नस्र भक्ति गुरुङको उपचारको लागि विभिन्न संघ संस्था तथा महानुभावहरुबाट सहयोग आउने क्रम जारी छ। बुधवारसम्म भक्ति गुरुङ बचाउ अभियान समितिले कुल ७ लाख ७० हजार ६ सय ६४ रुपैयाँ संकलन गरेको छ।
पछिल्लो क्रममा समितिलाई जिल्ला प्रहरी कार्यालय कास्कीको पहलमा वडा प्रहरी कार्यालय बैदामबाट ३५ हजार वडा प्रहरी कार्यालय बगरबाट ६ हजार ८ सय रुपैयाँ श्री ३ बाहिनी अड्डा खैरेनीटारबाट एक हजार ८ सय ४७ सिर्जना बचत तथा ऋण सहकारी संस्थाबाट पाँच हजार रुपैयाँ अाजन देवकोटाको नेतृत्वमा ५ हजार ४ सय ७ रुपैयाँ चन्द्रबहादुर गुरुङ घाचोकबाट पाँच हजार रुपैयाँ प्राप्त भएको छ।
त्यस्तै रुद्रकाजी गुरुङको नेतृत्वमा कुल ४७ हजार ३ सय ५ रुपैयाँ संकलन भएको छ। त्यसमध्ये वाइ।टी। ग्रुपबाट सहयोग गर्नेहरुमा अशोक तुलाचन अनुज बाँस्तोला अमर गुरुङ अमित मुल्मी शेरमान गुरुङ सुनिल गोशेली सुशील प्रधानांग निराजन श्रेष्ठ र चन्द्र गुरुङबाट ३÷३ हजारका दरले प्राप्त भएको छ। त्यसैगरी भुवनिसंह गुरुङ उत्तम बुद्धाचार्य देव गुरुङ इन्द्र पहारी कुँवर हार्डवेयरबाट २÷२ हजार रुपैयाँका दरले सहयोग प्राप्त भएको छ। त्यस्तै अन्य सहयोगदाताहरुमा अमृत गुरुङबाट दुई हजार पाँच विक्रम गुरुङबाट एक हजार जगदीश गुरुङबाट एक हजार राजु गुरुङबाट एक हजार भीम रानाबाट एक हजार राम ध्वजूबाट एक हजार प्रेमसुब्बा गुरुङबाट एक हजार उमादेवी गुरुङबाट एक हजार टौकुमारी गुरुङ डिनरसुब्बा गुरुङ र अाजु गुरुङबाट एक हजार ३ सय रुपैयाँ प्राप्त भएको समितिका सह-सचिव जगत गुरुङले जानकारी दिनुभयो।

















