HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार रुकुमका जनताबाट अबदेखि स्कूल बन्द नगर्ने प्रतिवद्धता

रुकुमका जनताबाट अबदेखि स्कूल बन्द नगर्ने प्रतिवद्धता

E-mail Print PDF
AddThis Social Bookmark Button
भाद्र ९ रुकुम। शसस्त्र जनयुद्व बेलादेखि नै तहस नहस भएको विद्यालय क्षेत्र सुधार्नका लागि रुकुमका जनता अव देखि जुट्ने भएका छन्। विद्यालयलाई शान्ति क्षेत्र बनाउनका लागि सबै सरोकारवालाहरूले पहल गर्नुपर्ने भन्दै रुकुमका पार्टीहरूले अबदेखि स्कूल बन्द हुने क्रियाकलाप नगर्ने प्रतिवद्धता जनाएका हुन्।
 
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुकुमले बालअधिकारका विषयमा सरोकार वालाहरूसँग गरेको अन्तर्क्रियामा सहभागीबाट यस्तो प्रतिवद्धता आएको जनाईएको छ।

देशको निकास निकाल्न भन्दै राजनितिक दलहरुले गरेको बन्द हडतालले आफ्ना सन्ततीहरुले दु:ख पाएको भन्दै अव देखि विद्यालय बन्द नगर्ने जनाइएको छ।
 
कार्यक्रममा एकीकृत माओवादी, नेपाली काँग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चाका र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिको सहभागिता रहेको थियो।

पार्टीको केन्द्रीय स्तरबाट बन्द गरिएपनि जिल्लामा विद्यार्थीको पढाईमा असर पार्ने खालका काममा सहयोग नगर्ने बताएका छन।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)