HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार मगर जातीको लिखित दस्तावेज नहुदा मगर पछाडी

मगर जातीको लिखित दस्तावेज नहुदा मगर पछाडी

E-mail Print PDF
AddThis Social Bookmark Button
हरि बहादुर सारुमगर

बुटवल ८ भदौ। मगर जातीको लिखित दस्तावेज नहुदा मगर पछाडी परेको सरोकारवालाहरुले बताएका छन्।रुपन्देहीमा कि्रयाशील मगर जाती संग आवद्व संघहरुको मंगलवार बुटवलमा भएको संयुक्त भेटघाट तथा अन्र्तकि्रया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। सहभागीहरुले मगर भाषा लिपी संस्कृतिमा मात्रै कलम नचलाएर नहुने भन्दै अर्थशास्त्र तथा समाजशास्त्रमा समेत कमल चलाउनुको साथै खोज गर्नु पर्ने बताए। त्यस्तै कार्यक्रमका सहभागीहरुले संस्कृत विश्वविद्यालयलाई भाषिकको रुपमा परिणत गर्नु पर्ने टिप्पणी गरे। 
 
कार्यक्रममा नेपाल मगर महिला संघका रुपन्देही अध्यक्ष शकुन्तला पुनले जिल्लामा रहेको मगर संघको विवादलाई नया रुपले समाधान गर्नुपर्ने बताउनुभयो। रुपन्देहीमा अत्यन्तै कि्रयाशील मगर विवादले गर्दा राज्यको समस्या जस्तै भएकोमा दुःख व्यक्त गर्नुभयो। साथै उहाले मगरहरुको आवाज बुलंद बनाउन रुपन्देहीमा रेडियो खोल्न लागिएको जानकारी गराउनुभयो।

संघकी अध्यक्ष पुनको अध्यक्षतामा भएको कार्यक्रममा मगर महिला संघकी सचिव कुमारी थापा नेपाल मगर युवा संघ रुपन्देहीकी मानु गाहा नेपाल मगर रेडियो कर्मी संघका रुपन्देही अध्यक्ष सोनु थापा नेपाल मगर विद्यार्थी संघका प्रेम सोमै नेपाल मगर चलचित्र कर्मी संघका शंकर गाहा नेपाल मगर लेखक संघका विष्णु िसंजाली नेपाल मगर बौद्ध सेवा समाजका पुर्ण तरामु तुल्से रेश्मी मगर युवा संघका कमल थापा लगायतले बोल्नु भएको थियो। 

नेपाल मगर महिला संघ रुपन्देहीको आयोजना र नेपाल मगर युवा संघको सह आयोजनामा भएको कार्यक्रम युवा संघका कमल थापाको संचालनमा सम्पन्न भएको थियो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)