हरि बहादुर सारु
पाल्पा भाद्र ४। बालबालिकाको क्षेत्रमा गरिने सवै प्रकारका निर्णय तथा कार्यक्रम कार्यान्वयनमा बाल सहभागीतालाई प्राथमिकता दिने प्रतिबद्धता तानसेनमा आयोजित एक कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका छन्। उनीहरुले हरेक गाविसहरुलाई बालमैत्रीपूर्ण गाविस बनाउन आफुहरु प्रयासरत रहने रहने समेत सहमती जनाएका छन्। जिल्ला बाल कल्याण समिति पाल्पाले आयोजना गरेको अन्र्तकि्रया कार्यक्रमका सहभागीहरुले यो प्रतिबद्धता जनाएका हुन्।
बाल अधिकार तथा बाल संरक्षणका सवालमा स्थानीय स्रोत साधनको पहिचान तथा परिचालन विषयक अन्र्तकि्रया कार्यक्रममा सहभागी पाल्पा जिल्लाका गाविस सचिवहरुराजनीतिक दल तथा सरोकारवाला पक्षहरुले ७ बुँदे प्रतिबद्धता पत्रमा सहमति जनाएर हस्ताक्षर समेत गरेका छन्। उनीहरुले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा जिविसनगरपालिका तथा गाविसमा प्राप्त रकम निर्देशिका अनुसार बालबालिकाको क्षेत्रमा विनियोजन गर्ने गराउने गाविस तहमा गठित बाल संरक्षण समिति र बाल क्लवहरुको क्षमता अभिबृद्धि तथा दिगो विकासको लागि सहयोग गर्ने उल्लेख छ। यस्तै परिषद हुँदा बाल क्लव तथा बाल संरक्षण समितिलाई सहभागी गराउनेजिविसनगरपालिका र गाविसहरुले योजना बनाउदा बाल सहभागीतालाई प्राथमिकता दिने तथा हरेक गाविसलाई बालमैत्री गाविसको रुपमा विकास गर्न प्रयासरत रहने लगायतका विषयहरु पनि उल्लेख रहेको बाल अधिकार अधिकृत हरि बहादुर सारुले बताउनु भयो।
कार्यक्रममा बोल्ने बक्ताहरुले बाल संरषण समितिहरुले गरेका कामहरको प्रशंसा गर्दै कामलाई थप प्रभावकारी र उपलब्धिमुलक बनाउन अनुगमन तथा प्रशिक्षणको आवश्यकता रहेको औल्याएका थिए। यस्तै गाविसहरुमा गठित बाल संरक्षण समितिहरुलाई साझा गाईडलाईन र बजेट खर्च क्षेत्र स्पष्ट गराई कार्यक्रम कार्यान्वयनलाई सहज गर्न जिल्ला बाल कल्याण समितिले पहल गर्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बाल अधिकार अधिकृत हरि बहादुर सारुले बाल अधिकार र बाल संरक्षणको अवधारणासंरक्षण गर्नु पर्ने बाल मुद्धाहरु समितिको अवधारणा र भूमिका तथा बाल संरक्षण र सम्बद्र्धनमा गाविसहरुको भूमिका लगायतको बारेमा शहजिकरण गर्नु भएको थियो। पाल्पा जिल्लाका ६५ वटै गाविस हेर्ने गाविस सचिवहरु राजनीतिक दल जिल्ला प्रशासन कार्यालय जिल्ला विकास समिति जिल्ला शिक्षा कार्यालयका प्रमुखहरु तथा बालबालिकाको क्षेत्रमा कि्रयाशिल गैरसरकारी संस्थाका प्रनिधिहरु सहभागी भएका थिए।
बाल कल्याण अधिकारी चमेली देवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीस्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरेएनेकपा माओबादीका सहईन्चार्ज चक्रव्यू थापानेकपा एमालेका अध्यक्ष यादव बहादुर रायमाझीराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुल बहादुर कुँवर नेकपा एकिकृतका अध्यक्ष नविन थापा गाविस सचिव हकहित संरक्षण समितिका अध्यक्ष जयदिप पन्थी समाज उत्थान सहयोग केन्द्रका संयोजक मेहर िसं थापापत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष माधव अर्याल र दुर्गा भण्डारी लगायतले बालबालिकाको क्षेत्रमा लगानी बढाउन र उनीहरुको पक्षमा कार्ययोजनाहरु बनाउन सवै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने बताएका थिए।
स्मरण रहोस जिल्लाको सवै गाविसमा गाउँ बाल संरक्षण तथा सम्बद्र्धन उप समितिहरु गठन भएको पाल्पा देशकै पहिलो जिल्ला हो। हाल पाल्पा जिल्लामा गठित ७२४ वटा बाल क्लवमा २१ हजार भन्दा बढी बालबालिकाहरु कि्रयाशिल रहेका छन्।

















