हरि बहादुर सारु मगर
काठमाण्डौ साउन २२। नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार राती साढे नौ बजे प्रशारण हुदै आएको हिरो होण्डा भ्वाईस अफ टिनको विजेता बनेका छन् दाङ्गका बेदु सारु मगर। सारु मगरले नेपाल भरका ११ हजार ३ सय ७५ जनालाई पछि पार्दै आफुलाई पहिलो भ्वाईस अफ टिनको विजेता बनाउन सफल भएका हुन्।

फाईनलमा उनले विराटनगरका विकेश के शंकर र बुटवलकी आकाँक्षा बस्यालसंग प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा आकाँक्षा बस्याल दोस्रो र विकेश के शंकर तेस्रा भएका छन्। यो जित संगै सारु मगरले एक लाखको नगद पुरस्कार ५ लाखको म्यूजिक कन्ट्रयाक र एक वर्ष सम्मको संगीत कोर्षमा निशुल्क शिक्षा लिन पाएका छन्। यो कार्यक्रम करिव डेड वर्ष अघिबाट शुरु भएको थियो।
बिभिन्न कुना कन्दरामा रहेका प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले सन्चालन गरेको कार्यक्रममा टप १२ सम्म बरिष्ठ गायिका देविका बन्दना, गायक रामकृष्ण ढकाल र बरिष्ठ संगितकार अनिल सिहँले निर्णायकहरु थिए।
त्यसपछि प्रत्यक्ष रुपमा दर्शकको मोबाईल एसएमएस मार्फत टप १०, टप ८, टप ५, टप ३ हुँदै बेदू सर्वाधिक मतका साथ उत्कृष्ट भएका हुन्। टप १२ पछि मध्य तथा सूदुर पश्चिमका एक्ला प्रतिस्पर्धीको रुपमा उनी प्रतिस्पर्धामा उत्रेका थिए।
विजेता बेदु सारु मगर आमा गोमीसरा सारु मगर र बुबा आशाराम सारु मगरको कोखबाट २०४६ साल पुस २४ गते दाङ्ग जिल्लाको सिसहनिया गाविस ५ कालापानीमा जन्मेका हुन्। उनी स्नातक पहिलो वर्षका विद्यार्थी हुन् र उनी नेपाल मगर विद्यार्थी संघमा आबद्व छन्।

















