हंगकंग ३० जुलाई हंगकंगका धेरै महिलाहरु चीनका पुरुषसंग विवाहबन्धनमा बाँधिएका छन् र बाँधिनॆ धेरै प्रयास गरिरहेका छन्। त्यस्तै गरी चीनका महिलाहरु हंगकंगका पुरुषसंग विवाह बन्धनमा बाधिएका छन्। यो किन हुन गयो भन्ने एक सर्वेक्षणमा उल्लेख भए अनुसार हंगकंगका महिलाहरु बढी खर्चिलो र चीनका महिलाहरु औसत दरमा कम खर्चिलो भएको खुल्न आएको छ। जसको कारणले हंगकंगका महिलाहरुले चीनका व्यापार व्यवसायी तथा धनी पुरुषहरु संग आफनो लगनगांठो बाँध्न रुचाउछन् भने हंगकंगका पुरुषहरु चीनका महिला कम खर्चिलो भएको कारणले उनीहरु संग विवाह बन्धनमा बाँधिन रुचाउछन्। यो क्रम विगत बर्षहरुको तुलनामा गत बर्ष निक्कै वृद्धि भएको छ।
गत बर्ष हंगकंगका महिलाहरु चीनका पुरुष संग २५९९ जना विवाह बन्धनामा बाँधिए भने सन् २००८ मा २४०९ र सन् २००७ मा २४९० विवाह बन्धनमा बाधिएका छन। तर हंगकंगका पुरुषहरु भने गत बर्ष मात्रै १३७५१ जना चीनका महिला संग विवाह बन्धनमा बाधिएका छन। तर यो तथ्याडक विगत बर्षहरुको तुलनामा कम हो। सन् २००६ मा सबै भन्दा हंगकंगका पुरुष चीनका महिला संग विवाह बन्धनमा बाधिएका छन। सन् २००६ मा १८१८२ सन् २००७ मा १५९७८ र सन् २००८ मा १४२०६ जना हंगकंगका पुरुष चीनका महिला संग विवाहबन्धनमा बाधिएको हंगकंग सरकारको तथ्याडक विभागले जनाएको छ।
गत बार्ष जम्मा जम्मी ५११७५ जना विवाह बन्धनमा बाधिएका छन। सन् २००८ २००७ २००६ मा क्रमश ४७००० जना विवाह बनधनमा बाधिउका थिए। तर सन् १९८६ मा भने ४३००० विवाह बन्धनमा बाधिएका थिए।
हंगकंगमा सन् २००९ को तथ्याडक अनुसार ३।३ मिलियन पुरुष र ३।७ मिलियन महिलाको जनसंख्या रहेको छ। जसमध्य ८८९ प्रत्येक पुरुष बराबर १००० महिला रहेका छन। यो विगत बर्षहरको तुलनामा पुरुषहरको संख्या भन्दा महिलाको संख्या बडदो रहेको तथ्याडक हंगकंग सरकारको तथ्याडक विभागले जनाएको छ।


















