HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार पैसा लिएर गलत नाम र ठेगाना राखेर नक्कली राहादनी

पैसा लिएर गलत नाम र ठेगाना राखेर नक्कली राहादनी

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० जुलाइ ३०, पैसा लिएर गलत नाम र ठेगाना राखेर नक्कली राहादनी बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले बागबजार र कपनबाट दुई जनालाई पक्राउ गरेको हो। बागबजारमा एमटी जाहिद ट्राभल्स सञ्चालन गर्दै आएका सप्तरीका मसिद उल्लाह र मोरङ घर भई कपन बस्दै आएका देवेन्द्र लुइँटेललाई अपराध महाशाखाका प्रहरी निरीक्षक रेशम पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
 
उनीहरूका साथबाट ४८ थान नक्कली राहदानी, प्रहरीको नक्कली चारित्रिक प्रमाणपत्र प्रतिलिपी, खाडी मुलुकका नक्कली भिसा र विभिन्न शैक्षिक संस्थाका नक्कली कागजातहरू बरामद गरेको छ। नाम नलेखेको राहदानीको प्रमाणपत्र सक्कली भएको प्रहरीले जनाएको छ। त्यसमा गलत व्यक्तिको नाम र ठेगाना राखेर बनाइने गरेको हो। राहदानीको प्रमाणपत्र प्रतिलिपी परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासनले वितरण गर्न मिल्छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गा भट्टराईले नक्कली राहदानी बनाइएका फाट्टफुट्ट दुई-चारवटा घटनाह भएको जनाए। उनले सक्कली प्रमाणपत्र बाहिर निकाल्न परराष्ट्र वा राहदानी वितरण गर्ने निकाय जिल्ला प्रशासनका केही कर्मचारीले बदनियतरूपमा गर्ने गरेको बताए। 'अन्य मन्त्रालय वा निकायबाट काजमा सरुवा भएर आएका कर्मचारीले नक्कली राहदानी बनाएको भेटिएको छ' उनले भने 'तर थाहा पाउनेबित्तिकै अनुसन्धान गरेर कारबाही गरेका छांै।'

नेपाली राहदानी लिएर विदेश गएकालाई नक्कली भन्दै फिर्ता पठाइदिने गरिएको छ। 'त्यसरी फिर्ता पठाइएकाहरूलाई नियन्त्रणमा लिएर हामीले कानुनी कारबाही गर्ने गरेका छौं' भट्टराईले भने, 'तर नगन्य मात्रामा त्यस्ता घटनाहरू भएका हुन्छन्।' बुधबार दिउँसो महानगरीय प्रहरी आयुक्तको कार्यालय अगाडि रहेको एमटी जाहिद ट्राभल्समा छापा मारेर २८ वर्षीय उल्लाहलाई नियन्त्रणमा लिंदै उनका कार्यालयमा रहेका ११ .वटा नक्कली राहदानी जफत गरेको थियो।

अन्य राहदानी खोज्नका लागि प्रहरीले उल्लाहको डल्लुस्थित डेरामा छापा मारे पनि त्यहाँ केही बरामद भएन। प्रहरीले उल्लाहको मोबाइलमा 'पासर्पोट साई' नाममा नम्बर भेटेपछि त्यसकै आधारमा लुइँटेललाई पक्राउ गरेको थियो। प्रहरी नियन्त्रणमा रहेका उल्लाहले अन्य राहदानी बनाउनुपर्ने भन्दै लुइँटेललाई गौशालामा बोलाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। लुइँटेलकै बयानका आधारमा प्रहरीले कपन-२ स्थित उनको डेरामा छापा मारेर अवैध राहदानी लगातका अन्य कागजपत्र बरामद गरेको थियो। यसअघि राजधानीकै ब्लुमन मेनपावरमा काम गरेर छाडेका लुइँटेलले व्यक्तिगतरूपमा मेनपावर सञ्चालन गर्दै आएका थिए।

'मेनपावरमा काम गर्दा गैरकानुनी काम सिकेर पछि आफै खोलेको देखिएको छ' अपराध महाशाखा प्रमुख एसएसपी रणबहादुर चन्दले भने, 'दूतावास लगायतलाई विश्वास दिलाउन सबै प्रमाणपत्रहरू नक्कली बनाइएको छ।'एकतले घर घाडामा लिएर उनले तीन वर्षदेखि गैरकानुनी काम गर्दै आएको प्रहरीको भनाइ छ। चन्दले आफ्नै पहलमा अपराध महाशाखामा कार्यरत महेशमान माझीको फोटो राहदानी बनाउन उल्लाहलाई जिम्मा दिएका थिए। उल्लाहले दुई दिनपछि २५ हजार रुपैयाँ लिएर आउनु भनेपछि प्रहरी छापा मार्ने तयारीसहित त्यहाँ पुगेको थियो।

'फोटो र पैसा दिएकै भरमा दुई दिनमा राहदानी तयार भयो' चन्दले भने 'नक्कली राहदानी बनाउने गिरोहको सक्रियता देखिन्छ।नक्कली राहदानी बनाएर धेरैजसो बंगाली, अफगानी र भारतीय नागरिक विदेश जाने गरेको देखिएको छ। गत फागुनमा ५ अफगानी नागरिकलाई नेपाली राहदानी वितरण गरेको भन्दै काठमाडौं प्रहरीले परराष्ट्र मन्त्रालयका नायब सुब्बा बच्चुराम केसीलाई पक्राउ गरी जेल चलान गरेको थियो।नक्कली राहदानी बनाएर गोर्खाका दुई व्यक्तिको नाममा जारी भएको नागरिकता लिएर अष्ट्रेलिया जान लागेका २ बंगलादेशी नागरिक पनि पक्राउ परेका थिए। उनीहरू पुर्पक्षका लागि थुनामा छन्।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)