HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार अपहरणमा परेका एक व्यक्तिको रिहाइका लागि दुई करोड माग

अपहरणमा परेका एक व्यक्तिको रिहाइका लागि दुई करोड माग

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० जुलाइ ३०, खैरहनीबाट अपहरणमा परेका एक व्यक्तिको रिहाइका लागि दुई करोड माग गरिएको आफन्तले जनाएका छन्। खैरहनी–४ पर्सा बजार बस्ने वर्ष २४ का सञ्जय लामिछाने यही साउन ७ गते घरबाटै अपहरणमा परेका थिए। अपहरणकारीले बुधबार बेलुकीसम्म फोन गरेर २ करोड मागेको उनका दाजुले जानकारी दिए।
 
लामो समयसम्म विदेशमा रोजगारी गरी गत जेठ २७ गते घर फिर्ता भएका लामिछाने साउन ७ गते साँझ ५ बजे अपहरणमा परेको उनका दाजु धनञ्जयले बताएका छन्। अपहरणमुक्त गराउनका लागि फिरौतीस्वरुप मागिएको त्यति ठूलो रकम तिर्ने अवस्था आफूहरुको नभएको पनि धनञ्जयले बताए। अपहरणको भोलिपल्ट नै लामिछानेले प्रयोग गर्दै आएको ९८४५४०८८३४ नम्बरको मोबाइलबाट २ करोड रुपैयाँ फिरौती माग गरिएको थियो। 
 
चितवनका प्रहरी निरीक्षक मदनकुमार खड्काले घटनाबारे गम्भीररुपमा अनुसन्धान थालिएको बताएका छन्। व्यापकरुपमा खोजबिन भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले जानकारी दिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)