२०१० जुलाइ २९, श्रम मन्त्रालयले इराकमा नेपाली कामदार जान लगाएको प्रतिबन्ध बुधबारदेखि फुकुवा गरेको छ। फुकुवाको सिफारिश सहितको पत्र बुधबार नै परराष्ट्र मन्त्रालयलाई पठाइएको छ भने सो को जानकारी आजै काठमाडौंस्थित अमेरिकी दूताबास पुर्याइँदैछ। ४० हजार बढी नेपाली कामदारलाई अप्ठ्यारो परेको भन्दै इराक फुकुवा गरे पनि नयाँ कामदारका लागि भने इराक खुला नगरिएको श्रम मन्त्रालयले जनाएको छ।
इराकमाथि लगाइएको प्रतिबन्ध हटाइएको पत्र श्रमले परराष्ट्र मन्त्रालयलाई पठाएको र सो निर्णय आजै काठमाडौंस्थित अमेरिकी दूताबासलाई बुझाइने श्रम प्रवक्ता पूर्णचन्द्र भट्टराईले जानकारी दिए।
१. नेपाल सरकारले भदौ १६ मा इराकमा नेपाली कामदार पठाउन लगाएको प्रतिबन्ध हटाउने।
२. नेपाली नागरिकका निमित्त जारी हुने राहदानीमा इराक बाहेक भनी छाप हान्ने प्रणाली हटाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने।
३. प्रतिबन्ध हटेको जानकारी सहित इराकमा कार्यकरत नेपाली कामदारको सुरक्षा र उनीहरुको रोजगारीको निरन्तरताको निमित्त उच्चस्तरमा निरन्तर कुटनीतिक पहलको लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने।
४. यसअघि इराकमा नेपाली कामदारलाई लगाउँदै आएको प्रतिबन्ध हटेता पनि नयाँ कामदार पठाउने सम्बन्धमा त्यहाँको सुरक्षा अवस्था नेपाली कामदाहरुको सुरक्षा तथा संरक्षणसँग सम्बन्धित विषयमा सिंहावलोकन गरी कामदारको प्रकृति तालिम संस्थागत रुपमा कामदार पठाउँदा तोक्नुपर्ने शुल्क तथा प्रवर्द्धनको अर्थ लगायतको लागत खर्च बीमा लगायतको मापदण्ड निर्धारण भएपछि अनुमतिको नयाँ प्रक्रिया अघि बढाउने।
५. प्रतिबन्ध फुकुवा भएको निर्णय परराष्ट्र मन्त्रालयमार्फत इराक सरकार तथा अमेरिकी सरकारलाई जानकारी गराउने।


















