हरि बहादुर सारु मगर
पाल्पा १२ साउन। मगर भाषा संस्कृति र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यले पाल्पा जिल्लामा नेपाल मगर लेखक संघ जिल्ला तदर्थ समिति गठन भएको छ।
नेपाल मगर लेखक संघ केन्द्रिय समितिका कोषाध्यक्ष मेक राना मगरको उपस्थितिमा गठित समितिको अध्यक्षमा हरि बहादुर सारु मगर,उपाध्यक्षमा टेक बहादुर सारु मगर,सचिवमा हरिता थापा मगर,सह सचिवमा दुर्गा ढेगा मगर र कोषाध्यक्षमा यमुना सारु मगर रहनु भएको छ। ९ सदस्यीय समितिको सदस्यहरुमा असवीर सारु मगर अविट सारु मगर रिखि राम राना मगर र रमेश राना मगर रहनु भएको छ। समिति गठन गर्न बसेको पाल्पाली मगर लेखकहरुको भेलले टोप अस्लामी मगर,बल बहादुर राना मगर र दोलख रास्कोटी मगरलाई सल्लाहकारमा चयन गरेको छ।
कार्यक्रममा बोल्नेहरुले भाषा संस्कृतिको लोप हुनु भनेको जातीकै अस्तित्व लोप हुनु हो भन्दै यस किसिमको कदमले भाषा संस्कृति र साहित्यको विकासमा थप योदान पुग्ने बताएका थिए। विश्वव्यापिकरण र राजनैतिक कुटनीतिका कारण्हरुले गर्दा पनि भाषा सहित्यको संरक्षण र सम्बद्र्धनमा थप चुनौती रहेकोले यसलाई चिरेर अघि बढ्न सक्नु नेपाल मगर लेखक संघको सफलता हुने पनि बताएका थिए। पाल्पा र स्यांजाको पश्चिमी भाग मगर भाषाको उदगम विन्दु भएकाले पनि पाल्पा जिल्लामा गठन भएको समितिको महत्व र जिम्मेवारी अन्यको भन्दा अझ बढी भएको संघका केन्द्रिय कोषध्यक्ष मेक राना मगरले बताउनु भयो।


















