HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार अन्तराष्ट्रिय श्रम संगठन आइएलओ विषयक जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन्न

Warning: opendir(/home/nepalihk/www/www/images/stories/2010/ILO_Workshop_July_2010.jpg) [function.opendir]: failed to open dir: No such file or directory in /home/nepalihk/www/www/plugins/content/jwsig.php on line 100

अन्तराष्ट्रिय श्रम संगठन आइएलओ विषयक जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
उमा थापामगर, नेपाल टीभी वान
 
 
 
नेपालगन्ज ६ साउन। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समनव्य परिषद बांकेको आयोजनामा भएको अन्तराष्ट्रिय श्रम संगठन आइएलओ विषयक जिल्ला स्तरिय छलफल कार्यक्रम विहीबार सम्पन्न भएको छ।

छलफल कार्यक्रममा बांके जिल्लाका आदिवासी जनजाति अगुवा नेताहरु विद्यार्थी तथा जातिय संघ संस्थाका प्रतिनिधि गरी करिब २ सय बढीको सहभागिता रहेको थियो।
 
कार्यक्रममा अधिवक्ता युग बहादुर गुरुङ, इन्सेकका सुशिल चौधरी र पत्रकार उमा थापा मगरले अन्तराष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ का बारेमा र महासन्धीले प्रावधान गरेका अधिकारहरुका बारेमा सहजीकरण गरेका थिए।
 
सहभागी आदिवासी जनजातिहरुले अन्तराष्ट्रिय श्रम संगठन महासन्धी नं १६९ मा नेपाल सरकारले कार्यान्वयन गर्छु भनी हस्ताक्षर गरि सक्दा पनि कार्यान्वय नगरेको गुनासो गरेका थिए।

आदिवासी जनजातिहरुलाई अन्तराष्ट्रिय श्रम संगठनको बारेमा जानकारी दिनु राज्यको जिम्मेवारी भएपनि राज्यले जिम्मेवारी पुरा नगरेको सहभागहिरुले बताए। समनव्य परिषदका जिल्ला अध्यक्ष डम्मर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला विकास समिति आदिवासी जनजाति जिल्ला समनव्य समितिका उपाध्यक्षँ रमेश सिँजाली, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत रमेश शाह, आदिवासी जनजाति संघीय परिषदका केन्द्रिय सचिव बद्री कुचबाडिया, थारु कल्याणकारिनी सभाका जिल्ला अध्यक्ष मंगल चौधरी, समनव्य परिषदका सचिव गन बहादुर गुरुङ, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य दिपा आले मगरलगायतले बोलेका थिए।
 
 
Comments (1)
Nice Reporting
1 Saturday, 24 July 2010 20:45
Shiva Magar, Palpa, Now: Kathmandu
धन्यवाद उमाजी, अनि हङकङ नेपाली डट कमलाई । अति राम्रो सूचना पाइयो । यसबाट सारा जानकारी पाउन सकिन्छ । यो त अति राम्रो हो । यसले हामी जनजातिमा हाम्रो मुद्धाबारे थाहा हुन्छ । नत्र "समस्या छ तर समस्या के हो थाहा छैन" भने झै हुन्थ्यो । अझ राम्रो कुरा त के भने हामी जनजातिहरु एकजुट हुने मेलो पनि हो । यसरी नै केही न केही कृयाकलापबाट मानिसहरुलाई एकठाममा ल्याउन आवश्यक छ ।

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)