हरि बहादुर सारुमगर
पाल्पा श्रावण ४। शैक्षिक तालिम केन्द्र पाल्पाको आयोजनामा शिक्षकको पेशागत विकास तथा प्रधानाध्यापकको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने अभिमुखीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
पाल्पाका रोष्टर प्रशिक्षकहरु नेपाल शिक्षक युनियन नेपाल राष्ट्रिय शिक्षक संगठन नेपाल शिक्षक संघ अखिल नेपाल शिक्षक संगठन प्याब्सन प्याब्सु स्रोत ब्यक्ति प्रधानाध्यापक एवम् शिक्षकहरु गरी १८ जना सहभागी भएको यस कार्यक्रममा विद्यालय क्षेत्र सुधार योजनाको नीतिगत अवधारणा शिक्षकको पेशागत विकास तथा प्रधानाध्यापकको नेतृत्व क्षमता विकास सम्बन्धी सैद्धान्तिक अवधारणा कार्यविधि शिक्षकका आवश्यकता संकलन शिक्षण सुधार योजना तथा विद्यालय विकास योजना तालिम कार्यक्रम साचालनका समस्या एवम् चुनौतिहरु गुणस्तरीय शिक्षा प्याकेज तथा शैक्षिक तालिम केन्द्रको वार्षिक कार्य प्रगतिको बारेमा शैक्षिक तालिम केन्द्र पाल्पाका कार्यक्रम संयोजक रुद्र प्रसाद रेग्मी तालिम संयोजक डम्बरध्वज बस्याल र प्रशिक्षक गोपाल प्रसाद वश्यालले अभिमुखीकरण छलफल तथा सहजीकरण गरेका थिए।
कार्यक्रमको समापनमा पाल्पाका जिल्ला शिक्षा अधिकारी होमनाथ शर्माले शिक्षकमा विषयवस्तुको ज्ञानको कमीका कारण गुणस्तर नभएको चर्चा गर्दै शिक्षकलाई पेशागत सहयोगको आवश्यकता रहेको बताए।
त्यसैगरी शैक्षिक तालिम केन्द्र रुपन्देहीका वरिष्ठ प्रशिक्षक सुर्य प्रसाद भुसालले तालिमको ढाँचा परिवर्तन भएको भन्दै अब शिक्षकले आफूलाई स्वयम् विकास गर्न उस्ले आफूमा प्राविधिक सामाजिक तथा स्व ब्यवस्थापन दक्षता विकास गर्नुपर्ने बताए।
समापनमा नेपाल शिक्षक युनियन पालपाका सचिव विष्णु पोखरेल अखिल नेपाल शिक्षक संगठन पाल्पाका अध्यक्ष मथुरा ढकाल प्याब्सन पाल्पाका सचिव खेम बहादुर सारु सेन उमाविका प्राचार्य दिल बहादुर शाक्यले समेत वोलेका थिए। समापन शैक्षिक तालिम केन्द्र पाल्पाका कार्यक्रम संयोजक रुद्र प्रसाद रेग्मीको अध्यक्षता तथा प्रशिक्षक गोपाल प्रसाद वश्यालको साचालनमा चलेको थियो।


















