HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धी तालिम सम्पन्न

आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धी तालिम सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button
हरि बहादुर सारुमगर
 
३० असार पाल्पा। आदिवासी जनजाति पत्रकार संघअनिज पाल्पाको आयोजनामा आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धी तथा सवाल पहिचान विषयक दुई दिने तालिम तानसेनमा सम्पन्न भएको छ। 

जिल्लामा कि्रयाशिल आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धी गर्ने र स्थानीय स्तरमा आदिवासीहरुको सवाल पहिचान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको तालिममा २५ जना आदिवासी जनजाती पत्रकारहरुको सहभागिता रहेको थियो।
 
तालिममा समाचार समाचारका श्रोतहरु समाचार लेखन शैली फिचर लेखन आदिवासी जनजाति पत्रकारहरुका सवाल साचार माध्यमहरुमा उठने गरेका विषयहरु आदिवासीहरुका उठनुपर्ने मुद्धाहरु र अन्तराष्ट्रिय श्रम सम्वन्धि महासन्धि १६९ सम्वन्धि सवालहरुमा अनिज पाल्पाका देव पचमैया असवीर सारु राजेन्द्र लिगल र रन बहादुर रानाले प्रशिक्षण दिएका थिए। 

तालिम समापन कार्यक्रममा नेपाल आदिवासी जनजाती पत्रकार संघ पाल्पाका सल्लाहकार राजेन्द्र लिगलले जनजाति पत्रकारहरुले समाजमा विद्यमान आदिवासीका मुद्धाहरुलाई प्राथमिकतामा राखेर उठान गर्नुपर्ने बताए। आदिवासीहरुको हक अधिकार स्थापित गराउनका लागि आदिवासी पत्रकारहरु मिलेर अगाडि बढनुपर्नेमा बक्ताहरुले जोड दिएका छन्। कार्यक्रममा आदिवासी पत्रकार संघ पाल्पाका अनिल लिगलले पत्रकारिता पेशा भित्र चुनौती र अवसर दुवै भएकाले आदिवासी जनजाती पत्रकारहरु सशक्त भएर लाग्नुपर्ने बताए। पत्रकार तथा तालिमका प्रशिक्षक असवीर सारुले आदिवासी जनजाती पत्रकारहरुले आ-आफ्नो क्षेत्रबाट आफ्नो समुदायका लागि सक्दो योगदान गर्नुपर्ने विचार राखेका थिए। यस्तैं सहभागिहरुको तर्फबाट बोल्दै पत्रकार एमन िसं सारु र हुमा सुर्यवंसीले तालिममा पहिचान गरिएका आदिवासीहरुको सवाललाई आफुहरुले साचार माध्यममा प्राथमिकताका साथ उठान गर्ने प्रतिवद्धता समेत गरे। 

तालिम समापन अनिज पाल्पाकी कोषाध्यक्ष अनिता श्रीनेतको सभापतित्व र रन बहादुर रानाको साचालनमा सम्पन्न भएको थियो। तालिम जिल्ला विकास समिति पाल्पाको आर्थिक सहयोगमा भएको हो।
 
Comments (1)
Let us hands up for Indigenous people
1 Saturday, 24 July 2010 20:32
Shiva Magar, Palpa, Now Kathmandu
ल, ल । आदिवासी जनजातिहरुले तालिम पाए पछि त केही न केही त गर्लान् नि । अब जनजातिलाई रमाउन हाल्ने मात्र नभई उनीहरुलाई झक्झक्याउने काम पनि गर्नु पर्यो जनजाति पत्रकारहरुले । उनीहरुको मुद्धा बहसमा ल्याउन पर्यो । हाम्रो वर्तमान मुद्धालाई राष्ट्रिय बहसमा कसरी ल्याउने त्यही हो चिन्ता । अब पत्रकार बुद्धिजीविहरुको पहलमा अघि बढ्न पर्यो । नत्र ३७-२८ प्रतिशत हिस्सामा आदिवासी जनजाति छौं भन्ने । गर्व गर्ने । तर राज गर्ने अरु नै हुने ; यसको लागि सबले सोच्न पर्छ ।

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)