HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home नेपाल तथा विश्व समाचार अन्तराष्ट्रिय कविता महोत्वसमा उमेश राई “अकिञ्चन” प्रथम

अन्तराष्ट्रिय कविता महोत्वसमा उमेश राई “अकिञ्चन” प्रथम

E-mail Print PDF
AddThis Social Bookmark Button
कल्पना तुम्रोक
 
जुलाई ७ २०१०,हङकङ । एसोसियन अफ नेपलिज इन अमेरिकाको बृहत् सम्मेलनको सिलसिलामा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका र अन्तराष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा आयोजित कविता महोत्सवमा उमेश र्राई “अकिञ्चन” को कविता “मोनालिसा र मार्च ८” ले प्रथम स्थान हासिल गरेको छ।
 
एसोसियन अफ नेपलिज इन अमेरिकाको बृहत् सम्मेलनको सिलसिलामा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका र अन्तराष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा आयोजित कविता महोत्सवमा उमेश र्राई “अकिञ्चन” को कविता “मोनालिसा र मार्च ८” ले प्रथम स्थान हासिल गरेको छ।
 
प्रथम पुरस्कारको रुपमा “अकिञ्चन” ले अमेरिकी डलर १००० र प्रमाणपत्र सहित “हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार” प्राप्त गर्नेछन्। त्यसैगरी, सो महोत्सवमा सोमनाथ सुवेदी द्धितीय र रमा अधिकारीले तृतीय स्थान हासिल गरेका छन्। उनीहरूले पाउने पुरस्कारमा अमेरिकी डलर ३०० र २०० डलर सहितको प्रमाणपत्र हुनेछ।
 
स्वदेश र विदेशमा हालसम्म आयोजना भएको कविता महोत्सव मध्ये सबैभन्दा ठूलो धनराशिको यो महोत्सवमा अङ्ग्रेजी वा नेपाली मध्ये कुनै पनि भाषाको माध्यमबाट प्रतियोगितामा भाग लिन सकिने व्यवस्था गरिएको थियो।
 
Comments (1)
हार्दिक बधाई !
1 Thursday, 08 July 2010 18:30
ईन्द्र एलजी थापामगर
उमेशजी तपाईको कविता 'मोनालिसा र मार्च ८' ले प्रथम स्थान हासिल गरेकोमा हार्दिक बधाई छ। यहाँको कविता पढ्न पाउने आशा गर्दछु।

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)