HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home नेपाल तथा विश्व समाचार "इन्डिजिनियस फिल्म अर्काइभ" को प्रेस विज्ञप्ति

"इन्डिजिनियस फिल्म अर्काइभ" को प्रेस विज्ञप्ति

E-mail Print PDF
AddThis Social Bookmark Button
प्रेस विज्ञप्ति 

यस "इन्डिजिनियस फिल्म अर्काइभ" ले यही असार ११ देखि १३ जुन २५-२७ सम्म काठमाडौंमा चौथो "नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवु Nepal International Indigenous Film Festival (niiff) को आयोजना गर्न लागेको जानकारी गराउँदछौं।

यो वार्षिक महोत्सवको यसपालिको मूल भावना  (Theme) "ज्ञान हस्तान्तरण" (Transfer of Knowledge)  रहेको छ। राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डका हलमा आयोजना हुने यसपटकको महोत्सवमा अन्तर्राष्ट्रियतर्पु १९ र नेपालीतर्पु १३ वटा फिल्म समावेश गरिएको छ जसमा कथानक फिल्म डकुमेन्ट्री छोटो फिल्म र म्युजिक भिडियो छन्।
 
नेपालीतर्फ मगर तामाङ नेवार गुरुङ राई लिम्बु सुनुवार धिमाल र ब्यासी सौका समुदायका तथा अन्तर्राष्ट्रियतर्पु भारत भुटान मे_िक्सको जर्मनी अस्ट्रेलिया क्यानाडा अर्जेन्टिना अमेरिका स्वीडेन नर्वे र क्याम्बोडियाका फिल्म सहभागी छन्।

महोत्सवमा गोल्डेन ड्रम सिल्भर ड्रम ब्रोन्ज ड्रम र दर्शक छनोट पुरस्कार प्रदान गरिनेछ। पाँच सदस्यीय निर्णायक मण्डलको मूल्यांकनको आधारमा दर्शक छनोटबाहेकका अवार्डको निर्णय गरिनेछ।

महोत्सव नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (National Foundation for Development of  Indigenous Nationalities) को सहकार्य र नेपाल चलचित्र विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना हुन लागेको हो। त्यस्तै काठमाडौं महानगरपालिका नेपाल आदिवासी जनजाति महासंघ (Nepal Federation of Indigenous Nationalities) नेपाल आदिवासी जनजाति महिला महासंघ (Nepal Women Federation of Indigenous Nationalities) र लाहुर्निप (LAHURNIP) ले पनि महोत्सवमा सघाउनेछन्।

काठमाडौंको महोत्सवबाट छानिएका फिल्महरुलाई विभिन्न १२ वटा सहरमा हुने ुनिफ बिस्तारुएक्स्टेन्सनमा समावेश गरिनेछ। गत वर्ष ुनिफुलाई ६ वटा सहरमा लगिएको थियो।

जातीय सांस्कृतिक झाँकी प्रदर्शन खाना महोत्सव तथा हस्तकला प्रदर्शनी पनि महोत्सवका आकर्षण हुनेछन्।

मातृभाषी चलचित्र निर्माणमा तीब्रता जातीय चलचित्र संघसंस्था स्थापना युवाहरुमा संस्कृतिप्रति लगाव र राज्यको नीतिगत परिवर्तनलाई हामीले अहिलेसम्म आयोजित ुनिफुको प्रत्यक्ष उपलब्धि मानेका छौं।

मितिः २०६७ असार ६ गते
 
Comments (1)
thanx
1 Thursday, 24 June 2010 20:22
sanjog laaphaa magar
news coveringko lagi dhanyabad.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)