HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home नेपाल तथा विश्व समाचार वलिउड नायिका मनिषा कोइराला सम्राट दाहालसंग विवाह बन्धनमा बाँधिए

वलिउड नायिका मनिषा कोइराला सम्राट दाहालसंग विवाह बन्धनमा बाँधिए

E-mail Print PDF
AddThis Social Bookmark Button
२०१० जुन २० , लामो समयको चर्चा परिचर्चा पछि वलिउड नायिका मनिषा कोइराला शनिबार महाराजगञ्जका सम्राट दाहालसंग विवाह बन्धनमा बाँधिएकी छन्। पञ्चेवाजासहित गोकर्णस्थित फरेस्ट रिसोर्ट पुगेका नवदुलाहाले मनिषाको सिउँदोमा सिन्दुर हालेपछि हिन्दू परम्परा अनुसार दुवै जना विवाह बन्धनमा बाँधिएका हुन्। मुलुकका धेरै राजनीति व्यक्तिहरुकोसमेत उपस्थिति थियो। मनिषा पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन्। ३९ बषिर्या कोइराला भारतीय फिल्मी उद्योग बलिउडमा प्रख्याती कमाएका नेपाली कलाकारहरु हुन्। ३३ बषिर्य सम्राट भने व्यवसायी हुन्। उनीहरुबीच शुक्रबार स्वायंभर भएको थियो।
 
नवदुलाहा र दुलहीलाई आशिर्वाद दिन वलिउडका कलाकारहरुसमेत आएका छन् ज्याकी स्राफ, गुल्सन गोब्बर, दिप्ती नवल, सुमन रंगनाथ, आना सिंह र फिल्ममेकर बबीको उपस्थिति रहेको थियो। विवाह समारोह भएकाले सबै सेलिब्रेटीहरू फर्मल ड्रेसअपमा सजिएका थिए। मनीषाका परिवार, मामाघर र आफन्त पक्षले दुलाहाको गोडा धोएका थिए। कार्यक्रम चलिरहदाँ दुलही र दुलाहापक्ष बीच दोहोरी र नाचगान प्रतिस्पर्धा नै चलेको थियो। लामोबेर चलेको गोडा धुने कार्यक्रमको अन्तिममा भने मनीषा बेहोस भएकी थिइन्। त्यसपछि भने विवाह कार्यक्रम केही समयको लागि स्थगित गरेर मनीषालाई आराम गर्न लगाइयो। त्यसपछि 'कन्यादान' कार्यक्रम सुरू गरिएको थियो। मनीषाका पिता प्रकाश कोइरालाले कन्यादान गरे लगत्तै उनका मामाघर पक्षले उनलाई साथ दिएका थिए।
 
Comments (8)
thanks
1 Tuesday, 22 June 2010 11:06
shanta aryal
hi maisha di u r best girl bt afno nepal lae maya garayko ma ho kina ki aja naepal kae shamrat shaga bibaha garayra nepaliko mahata daykhaunu vayko ma hanks navani ma shakina puna thanks
dev
2 Tuesday, 22 June 2010 21:20
hancy dev21
tapaikle j garnu bho ramrai garnubho
Hi
3 Thursday, 08 July 2010 11:22
Rajani Sitaula
Hey Manisha sis happy married life and we love you so much
hi
4 Thursday, 22 July 2010 18:08
Muna lama
hi Manisha sis happy married life
happy
5 Wednesday, 04 August 2010 17:42
suja
happy married life manisha. all the best for new life
hi
6 Tuesday, 24 August 2010 21:31
husian
rat ko kati trip jancha ta
hi dd
7 Monday, 27 September 2010 23:36
hi
hajur ko ta vibha bhayako dharai bhayo kasto cha ta life vivha pani dharai age bhaya pachi garnu bhayo any way take cre enjoy ur marriade life
kina single na basako
8 Friday, 11 November 2011 01:41
manisha
tapie ta single life katu parnie kina tension ma hamfalnu vayo

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)