HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home नेपाल तथा विश्व समाचार लांघाली परिवार यू.एस.ए. को पाँचौं दोहोरी साँझ भव्यताका साथ सम्पन्न, चर्चित लोक दोहोरी गायक सुमन बुढामगर सम्मानित

लांघाली परिवार यू.एस.ए. को पाँचौं दोहोरी साँझ भव्यताका साथ सम्पन्न, चर्चित लोक दोहोरी गायक सुमन बुढामगर सम्मानित

E-mail Print PDF
AddThis Social Bookmark Button

लव के. बुढामगर

 
न्यूयोर्क, जुन ६। लांघाली परिवार यू.एस.ए. ले मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा गत आइतबार, मे ३० मा एक विविध साँस्कृतिक कार्यक्रम तथा पाँचौं दोहोरी साँझ २०१० को आयोजना गर्यो।
 
गायक तथा संगीतकार खेम संग्रौला, टिका कुमार पुनमगर, अनिता लामिछाने, राजेश थापामगर, दीपा थापा, मंजु पुनमगर, न्हुच्छे नारायण डंगोल र सचिन रोकामगरले स्वर्गीय अरुण थापामगर द्वारा स्वरवद्ध "करोडौ मुटुहरुको ढुकढुकी नेपाल, न तिमी हुन्थ्यौ न म हुन्थें नभए नेपाल" राष्ट्रिय गीत गाएर साँस्कृतिक कार्यक्रमको शुरुवात गर्नु भएको थियो।

गायनतर्फ राजेश थापामगर र अनिता लामिछानेले "सागरसरी चोखो माया", यशोधा खालिंग राईले "तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ" र "न बिर्से तिमीलाई", दीपा थापाले "काली पारे दाई कति राम्रो", लोक गायक कुमार थापामगरले "किन लाग्छ मलाई मेरो देशको चिन्ता (देश भक्तिपूर्ण)", र खेम संग्रौला र दीपा थापाले "बन माराले बनै खायो" गीत गाउनु भएको थियो।

 
त्यस्तै अतिथि कलाकार चर्चित लोक दोहोरी गायक सुमन बुढामगरले "पोइला जान पाम पाम पाम शिव भन्नेलाई मैले ल्याउन पाम" नामक आफ्नो बहुचर्चित लोक गीत र "नानीले दिएको रुमाल त्यो पनि खस्यो हरायो" कौडा (गीत) गाएर सबैलाई नचाउनु भएको थियो।
 
यसै बीच गायक बुढामगरलाई वहाँले मगर सँस्कृतिको संरक्षण गर्न कौडा गीत र नाँच सम्वन्धी डकुमेन्ट्री बनाउनु भएको तथा गीत लेखन र संगीतको बलियो माध्यमबाट मगरको संस्कृति र पहिचान जोगाउने कार्यमा बिशेष योगदान दिए बापत संस्थाका अध्यक्ष श्री महेन्द्र कुमार थापामगरले सम्मान पत्र र खादा लगाई दिएर उहाँको सम्मान गर्नु भएको थियो।

अर्का अतिथि कलाकार हास्य व्यंग्यकार मनोज गजुरेलले नेपालको वर्तमान राजनैतिक र समसामयिक विषयमा एकल व्यंग कार्यक्रम प्रस्तुत गरेर सबैलाई हँसाउनु भएको थियो भने लोक गायिका रेखा शाहले उँहाको चर्चित लोक गीत "सिमसिमे पानीमा" र "मन पर्ने एउटा भेना छ" गीत गायक राजेश थापामगर संग गाउनु भएको थियो।
 
नृत्य तर्फ संस्थाले आयोजना गरेको पहिलो दोहोरी साँझ २००६ देखि निरन्तर रुपमा आफ्नो जादुगर नाँच प्रस्तुत गर्दै आएकी नृत्यांगना सुश्री बिन्दु थापामगरले यस पटक "दुई चुल्ठी बाटेर" मा एकल र ग्रुपमा कौडा नृत्य गरेकी थिइन्।
 
नृत्य निर्देशक राज कुमार पुनमगरको निर्देशनमा तयारी सदा झैं यस पटक पनि सबै ग्रुप नृत्यहरु सशक्त थिए। इन्जु तिलिजामागर, इन्दु तिलिजामागर र उषा पुर्जामागरले "माइतीघर", स्वेच्छा बरालले "आज बाह्र हाते पटुकीको", राज कुमार पुनमगर, निलम थापामगर, मित्र कुमार फगामी मगर, इन्द्र राम्जाली मगर, माया (गुरुङ) पुनमगर, मंजु पुनमगर, बिन्दु थापामगर र रोजिला खरेलले "कौडा, सुजु गुरुङ्गले "बैंश फुल्ने विहानीमा", यशोधा खालिंगले "गैरी खेतको", सजनी रोका र शीतल तुलाचनले "माथि माथि सैलुंगेमा", दीवाकर गर्बुजामागर, गोबिन्‍द फगामीमगर, इन्द्र राम्जालीमगर र मित्र कुमार फगामीमगरले "सालैजो" गीतमा राम्रो नृत्य प्रस्तुत गरेका थिए।
 
त्यस्तै राजेश थापामगर, मान बहादुर रानामगर, खोम बहादुर थापामगर, माला रानामगर, यशोधा खालिंग राई र कोमल बम्जन तामांगले पूर्वी नेपालको मगर समुदायमा अति लोकप्रिय "हुर्रा नाँच" प्रस्तुत गरेका थिए।
 
संगीतकार बिष्णु बहादुर पुनमगरको गितार, खोम बहादुर थापामगरको बाँसुरी र नुत्छे नारायण डंगोलको मादल र तबला सहितको छोटो सांगीतिक प्रस्तुतिले दर्शकहरुलाई मन्त्रमुग्ध पारेको थियो।
 
कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको दोहोरी गीतमा गायक शेर बहादुर थापामगर, राजेश थापामगर, माया पुनमगर र मंजु पुनमगरले पहिलो चरणको र अतिथि लोक दोहोरी गायक सुमन बुढा मगर र मंजु पुनमगर बीचको अन्तिम चरणको दोहोरीले उपस्थित सबै दर्शकहरुलाई रोमान्चित बनाउदै नचाएको थियो। साँस्कृतिक कार्यक्रमको संचालन बहुप्रतिभाका धनी र अमेरिकामा एकदमै लोकप्रिय उदघोषकका रुपमा परिचित टिका कुमार पुनमगरले बडो रोचक ढंगले गर्नु भएको थियो।
 
अमेरिकामा बसोवास गर्ने मगर समुदायमा सबै भन्दा जेष्ठ नागरिक अर्थात् सदस्य ८३ वर्षीय श्री बेन बहादुर थापामगरले पानसमा बत्ती बाली औपचारिक रुपमा कार्यक्रमको समुदघाटन गरे पछि संस्थाका सचिव मान बहादुर रानामगरले संचालन गर्नु भएको औपचारिक कार्यक्रममा उक्त साँझको संयोजक क्याप्टेन दल बहादुर रोकामगरले स्वागत मन्तब्य, बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन् अमेरिका (बाना) का अध्यक्ष श्रीमती रबिना थापा, अमेरिका नेपाल सोसाइटीका अध्यक्ष खेम भट्टचन, नेपाल एम्बेसीका प्रथम सचिव आनन्द प्रसाद शर्मा र म्याग्दी समाजका अध्यक्ष पारस मणी श्रेष्ठले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना दिनु भएको थियो भने अध्यक्ष महेन्द्र कुमार थापामगरले यस कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै उक्त औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो।
 
स्मरणीय रहोस लांघाली परिवार यू.एस.ए. अमेरिकामा रहेका सम्पूर्ण मगरहरुको साझा संस्था हो जुन सन् २००४ मार्च २८ मा न्यूयोर्क राज्यमा स्थापना भएको थियो। यस संस्थाले विविध साँस्कृतिक कार्यक्रम तथा दोहोरी साँझ २००६, २००७ र २००८ न्यूयोर्कमा, २००९ को न्यूजर्सीमा र २०१० को पहिलो पटक म्यारिल्याण्ड राज्यको बाल्टिमोर शहरमा आयोजना गरेको हो।

फोटो सौजन्य: धन थापामगर (http://www.DhanPhotos.com)

 
Comments (11)
हाम्रो अनुरोध !
1 Friday, 11 June 2010 18:51
Langhali Association USA, Inc
यस दोहोरी साँझको फोटोहरु http://www.HongKongNepali.com मा हेर्नका लागि केही दिन धैर्य गर्न पाठकबर्ग संग अनुरोध गर्दछौं । - लांघाली परिवार यू.एस.ए.
congartulation
2 Saturday, 12 June 2010 01:53
mina thapa magar
congartulation Suman g.
hi
3 Saturday, 12 June 2010 08:42
sandesh poon magar
hami ramailo garna matra jutne hoina hami nepal ma vayako magar haru ko vivid samasya haru ma pani unity vayar sochhnu parchha . halma nepal ma dekhna ayako magar haru ko difficulty barema bides ma basnu vayaka sammpurna magar haru le pani ghambhir rupma sochnu parchha tyo hami sabai ko kartabya ho jai magar
लेख्दा-लेख्दै...
4 Saturday, 12 June 2010 12:00
Langhali Association USA, Inc
यस दोहोरी साँझलाई भिडियोग्राफीमा http://www.MoktanDigital.com का संचालक श्री शम्भु मोक्तान (तामांग) र सुश्री रोशना मोक्तान (तामांग) ले र फोटोग्राफीमा http://www.DhanPhotos.com का संचालक श्री धनमान थापामगरले डकुमेन्ट गर्ने काम गर्नु भएको थियो भने Sound System को जिम्मेवार चाँहि DJs श्री दिनेश गुरुङ र श्री नरेश पुनमगरले निर्वाह गर्नु भएको थियो । - लांघाली परिवार यू.एस.ए.
sugession
5 Saturday, 12 June 2010 12:17
Rajin Poon Mager
hi, magar bandhu haru ramailo matra garne hoina gaya ko din haru ma magar haru badhi moj masti ko karan le garda hami pichhadiyako kura haru pani samjhinu parchha , bujnu parchha so that we have must thinking abt magar diferent difficult in nepal. they must be serious thinking also accept from nepal that' s our duty thank u
sujhab
6 Sunday, 13 June 2010 16:01
dhan bdr poon magar
lekhda lekhdai vanne comment thik lagen testo lekhna jaruri chhaina baru hami magar haru kasari janu parchha vabi yojana haru k kasta chhan tesma hami MAGAR haru kasari janu parchha tesma chintan garnu parchha jai magar
सुझावका लागि धन्यवाद !
7 Sunday, 13 June 2010 22:22
Langhali Association USA, Inc
यो एक सांस्कृतिक कार्यक्रम थियो जसमा उहाँहरुले ठूलो सहयोग गर्नु भएको थियो । Reporting मा उहाँहरुको नाम छुटेकोले "लेख्दा-लेख्दै ..." मा उहाँहरुको योगदानको Acknowledge गरिएको हो । कार्यक्रमको प्रकृति अनुसार समाचार सम्प्रेषण गर्नु पर्ने भएकोले नै संस्थाका भाबी योजनाहरुको बारेमा उल्लेख नगरिएको हो । सुझावको लागि धन बहादुर पुनमगरज्यूलाई मुरी मुरी धन्यवाद । तपाईको सल्लाह र सुझावको हामीले सदैव अपेक्षा गर्ने छौं ।
सुझावका लागि धन्यवाद !!
8 Sunday, 13 June 2010 22:54
Langhali Association USA, Inc
बिदेशमा रहेका मगरहरुको संस्थाहरुले सांस्कृतिक कार्यक्रमको आयोजना गर्नु पक्कै पनि मोजमस्ती गर्नका लागि होइन । यो एउटा हाम्रो पहिचान जोगाउने अभियान हो । वर्षमा एउटा सांस्कृतिक कार्यक्रम आयोजना गर्नका लागि मात्र पनि संस्थाहरु खोलिएका अर्थात स्थापना गरिएका होइनन । बिदेशमा रहेका सबै मगर संस्थाहरुले नेपालमा रहेका हाम्रो मगर समुदायको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक रुपमा कसरी उत्थान गर्न सकिन्छ भन्ने विषयमा समय-समयमा चिन्तन मनन गर्ने गरेका र आवश्यक पर्दा आफ्नो संस्थाको क्षमताले भ्याए सम्मको आर्थिक सहयोग पनि उपलब्ध गराउदै आएको यहाँहरुलाई सहर्ष जानकारी गराउदछौं । सुझावका लागि संदेश पुनमगरज्यू र रेजिन पुनमगरज्यूलाई हार्दिक धन्यवाद छ ।
UNITED MUST NOT BE DEVIDED
9 Wednesday, 16 June 2010 12:46
Netra Pun Magar u.S.A
There are some misunderstanding going on in Nepal but it is ignited by the outsiders, it must understand by the MAGARS, WE MUST NOT BE DIVIDED, WE MUST BE UNITED, forget about dam'n politics, If we go thru whole country, we are the only one MAGARS who has one of the biggest population in Nepal. That is one reason why outsiders want to divide us with raising some kind of unnecessary points. Do you remember British's policy? DIVIDE AND RULE???? same thing want to be applied by some sources on us(MAGARS). NEVER FORGET "STRENGTH COMES FROM THE NUMBERS" COURAGE COMES FROM ONE" we do need both. Some people raise a question that Pun Magars can't speak Magar language, therefore, they must not count as a MAGAR. Someone out there pushing LATA MAGAR UP with unnecessary point like this. NO NO NO this is not the fact, you who raising this question must find out the truth WHY PUN MAGARS CAN'T SPEAK MAGAR LANGUAGE? Anyway, We the Magars Rana, Thapa, Pun, Roka etc must not go after crow before checking our own cap own head. JAYA LANGHALI Netra Pun Magar U.S.A
Congratulation LAUSA
10 Monday, 21 June 2010 00:22
Nem Thapa Magar
Well done! & Congratulation to all the Committee members of LAUSA and those who were envolved in making the 5th Dohori sangh very successful.

On behalf of the President & Magar Association UK
Nem Thapa Magar
Foreign PR MAUK
Congratuation LAUSA
11 Tuesday, 22 June 2010 00:39
Netra B Thapa Magar
Well done LAUSA, making this Annul event a sucessful.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)