Home नेपाल तथा विश्व समाचार मान्छे तौलँदै, नेपाललाई पैसा दिँदै

मान्छे तौलँदै, नेपाललाई पैसा दिँदै

E-mail Print PDF
गोकर्ण अवस्थी
 
काठमाडौ, जेष्ठ ९ - झन्डै ६ हजार किलोमिटर परको देश फिनल्यान्डका बासिन्दाले तौल घटाउँदा यहाँका साना नानीले शिक्षाको थप अवसर पाउनेछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर यो वास्तविकता हो। फिनल्यान्डका एक नागरिकले १ किलो तौल घटाउँदा नेपाली खातामा शिक्षा क्षेत्रमा खर्च हुने गरी १५ युरो (करिब १५ सय रुपैयाँ) जम्मा हुन्छ।
 
पहिचान नखुलाएका फिनल्यान्डका एक नागरिकले सुरु गरेको यो कार्यक्रममा संसारभर छरिएका फिनल्यान्डवासीले सहभागिता जनाउँदैछन्।

यो अभियान गत जनवरीमा सुरु भएको हो। यसमा २३ हजार ५ यस फिनल्यान्डवासीले सहभागिता जनाएका छन्। उनीहरूको पहिलो तौल जनवरी सुरुमा लिइएको थियो। यतिबेला पुनः लिँदा घटेको किलोग्रामका आधारमा ती अज्ञात व्यक्तिले नेपाललाई पैसा उपलब्ध गराउनेछन्।

यसैका लागि विश्वभर रहेका फिनल्यान्डवासीको तौल नाप्ने काम भइरहेको छ। यसैक्रममा शुक्रबार नेपालस्थित फिनल्यान्डको दूतावासमा तौल मापन गरियो। दूतावासका अनुसार यसमा नेपालमा रहेका १७ फिनल्यान्डवासी सहभागी भए। '१४ जनाको घटेको पाइयो र त्यो कुल ८२ किलो भयो,' दूतावासले भनेको छ, 'यसबाट १२ सय ३० युरो उठेको छ।' यो करिब १ लाख २३ हजार रुपैयाँ हो।

यो अभियानबाट करिब १ अर्ब रुपैयाँ (१० मिलियन युरो) आउने अनुमान छ। उठेको रकम दूतावासमार्फत् नेपालले जुन १५ मा पाउनेछ। 'यसबाट आउने रकम  आगामी बजेटमा समावेश गरी देखिने गरी खर्च गर्नेछौं,' अर्थ सचिव रामेश्वर खनालले भने।

फिनल्यान्ड सरकारले पनि नेपालको शिक्षा क्षेत्रमा सहयोग दिँदै आएको छ। सन् २०१४ सम्मको अवधिका लागि फिनल्यान्डले हालै करिब १ अर्ब ६० करोड रुपैयाँ (१६ मिलियन युरो) सहयोग गरेको छ।
 
श्रोत - ईकान्तिपुर अन्लाईन
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News !!!

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)