HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home नेपाल तथा विश्व समाचार पोखरामा पनि अब केबुलकार

पोखरामा पनि अब केबुलकार

E-mail Print PDF
AddThis Social Bookmark Button
बलराम बानियाँ
 
काठमाडौ, जेष्ठ २ - सरकारले एउटा प्रतिष्ठित निजी कम्पनीलाई मुलुकको प्रमुख पर्यटकीय नगर पोखरामा लेकसाइडबाट विश्व शान्ति स्तूपसम्म केबुलकार सञ्चालन गर्न दिने तयारी गरेको छ। सरकारले चितवन कोई प्रालिलाई पोखराको धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण शान्ति स्तूपमा केबुलकार सञ्चालन गर्न दिने तयारी गरिरहेको जानकारी भौतिक योजना तथा निर्माण मन्त्रालयका अधिकारीले दिए। जापानी बौद्ध धर्मगुरुहरूको सहयोग र अगुवाइमा डेढ दशकअघि शान्ति स्तूप निर्माण गरिएको हो। पोखराबाट ९ किलोमिटर टाढा अग्लो डाँडामा अवस्थित स्तूप विश्वभरका बौद्ध पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ।

लामो समयदेखि सफलतापूर्वक मनकामना केबुलकार चलाउँदै आएको कम्पनी चितवन कोईले लेकसाइडबाट फेवातालमाथिको आकाश हुँदै अनुदुडाँडास्थित शान्ति स्तूपसम्म केबुलकार सञ्चालन गर्न दिन सरकारसमक्ष गरेको प्रस्तावमाथि भौतिक योजना मन्त्रालयले स्थलगत प्राविधिक अध्ययन गरिसकेको छ। मन्त्रालयका प्राविधिक सहसचिव कमलराज पाण्डे, तुलसी सिटौलालगायतको टोलीले स्थलगत अध्ययन गरी प्रस्ताव प्राविधिक तथा व्यावसायिक दृष्टिले उपयुक्त रहेको प्रतिवेदन दिएको छ। प्रस्तावक कम्पनीसमेत आर्थिक दृष्टिले मात्र होइन अनुभवका आधारमा समेत केबुलकार सञ्चालन गर्न सक्षम हुने विश्वास प्राविधिक टोलीको छ।
 
मन्त्रालयले प्राविधिक टोलीको अध्ययन प्रतिवेदनअनुसार कम्पनीलाई केबुलकार सञ्चालन गर्न दिन योजना आयोगसमक्ष सिफारिस गर्ने अन्तिम तयारी गरेको

छ। सरकारबाट लाइसेन्स पाएको तीन वर्षमा कम्पनीले भौतिक पूर्वाधार तयार गरी केबुलकार सञ्चालन गरिसक्ने प्रस्ताव गरेको छ।

कम्पनीले लेकसाइडस्थित पार्कबाट शान्ति स्तूपसम्मको डेढ किलोमिटर दूरीमा केबुलकार सञ्चालन गर्न दिन प्रस्ताव गरेको जानकारी भौतिक योजनाका अधिकारीले

दिए। ती अधिकारीका अनुसार कम्पनीले प्रस्तावमा शान्ति स्तूप रहेको स्थानलाई धार्मिक पर्यटनका दृष्टिमा अझ आकर्षक बनाउन त्यहाँ कलात्मक मन्दिरसमेत बनाउने योजना अघि सारेको छ।

चितवन कोईले लेकसाइडबाट स्तूपसम्म डेढ किलोमिटर दूरीमा भौतिक संरचना निर्माण गरी केबुलकार सञ्चालन तथा स्तूपनजिक कलात्मक मन्दिर बनाउन एक अर्ब दुई करोड रुपैयाँ लाग्ने प्रस्तावमा उल्लेख गरेको छ। कम्पनीले २६ करोड रुपैयाँ आफ्नै स्रोतबाट जुटाउने र बाँकी बैंकबाट ऋण लिई बनाउने योजना अघि सारेको छ। कम्पनीले लेकसाइडमा एउटा, बीचको डाँडामा दुइटा र स्तूपनजिक एउटा गरी जम्मा चारवटा पिलर स्थापना गरी केबुलकार सञ्चालन गर्नेछ। शान्ति स्तूपको केबुलकारबाट चार मिनेटमा माथि जान या तल आउन सकिने छ।

कम्पनीले लेकसाइडबाट शान्ति स्तूपसम्मको यात्रालाई एक दिन लामो 'भ्रमण' बनाउन बेस स्टेसनको पार्कलाई आकर्षक मनोरञ्जनस्थलका रूपमा विकास गर्ने, माथि स्तूपमा ध्यान/योग गराउने तथा मन्दिर घुमाउने, दृश्यावलोकन गराउने 'प्याकेज' प्रस्ताव गरेको छ। स्तूपनजिक होटलहरू बनाउन व्यवसायीहरूलाई प्रोत्साहित गर्ने योजनासमेत कम्पनीको छ।

समुद्र सतहदेखि ११ सय मिटर उचाइमा रहेको शान्ति स्तूपबाट पोखरा सहर, वरपरका ताल तथा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाललगायतका मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न पाउनेछन््। केबुलकारबाटै यात्रुले फेवाताल, वरपरका हरिया डाँडा तथा पोखराको पश्चिमी भागको दृश्यावलोकन गर्न सक्नेछन्। पोखराबाट झन्डै ८ सय मिटर उचाइको डाँडामा रहेको स्तूप आफैंमा प्राकृतिक दृश्यावलोकन गर्ने 'भ्यू प्वाइन्ट' समेत हो। केबुलकार सञ्चालन भएपछि स्तूपमा आउ/जाउ गर्ने आन्तरिक तथा बाह््य पर्यटकको संख्या ठूलो मात्रामा वृद्धि हुने विश्वास कम्पनीले प्रस्तावमा उल्लेख गरेको छ।

स्तूपको केबुलकार मनकामनाको भन्दा बढी क्षमताको हुनेछ। मनकामनामा भन्दा शान्ति स्तूपसम्मको केबुलकारमा बढी मानिस ओहोरदोहोर गर्ने अनुमान कम्पनीको छ। त्यही कारण कम्पनीले पोखरामा केबुलकारको सिट र प्रतिघन्टा मान्छे ओसार्ने क्षमतासमेत बढीको बनाउने प्रस्ताव गरेको जानकारी भौतिक योजनाका अधिकारीले दिएका छन्। ती अधिकारीका अनुसार केबुलकार दैनिक आठ हजार यात्रुलाई आउ/जाउ गराउने क्षमताको हुनेछ।

मन्त्रालयले प्राविधिक टोलीको उक्त प्रतिवेदन आएपछि चितवन कोईको प्रस्ताव योजना आयोगमा पठाउने गृहकार्य गरिरहेको छ। आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको स्टेरिङ कमिटीले कम्पनीको प्रस्ताव अध्ययन गरी केबुलकार सञ्चालनका लागि सुरुमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अनुमति दिनेछ। डीपीआर तयार भएपछि सरकारले कम्पनीलाई केबुलकार सञ्चालन गर्न लाइसेन्स दिनेछ। लाइसेन्स पाउनासाथ डीपीआर तयार पार्न लाग्ने तयारी कम्पनीको छ।

कम्पनीले निजी तथा सार्वजनिक साझेदारी नीतिअनुरूप केबुलकार सञ्चालन गर्ने प्रस्ताव गरेको छ।
 
श्रोत - ईकान्तिपुर अन्लाईन
 
Comments (1)
what is it real wow ''
1 Sunday, 08 August 2010 15:44
James
it 's intersting that there is cable car in pokhara

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)