HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home नेपाल तथा विश्व समाचार नेपालभर मनाइयो मगर विद्यार्थी संघको स्थापना दिबस

नेपालभर मनाइयो मगर विद्यार्थी संघको स्थापना दिबस

E-mail Print PDF
AddThis Social Bookmark Button
देविका जिएम, काठामाडौं
फाल्गुण २७

नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १६औं स्थापना दिवस नेपालका विभिन्न जिल्लामा भब्यताका साथ मनाएको छ।आफ्नो स्थापनाको १५औं बर्ष पुरा गरी १६ औं बर्षमा प्रबेश गरेको अवसरमा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा राज्यको पुनसंरचनामा मगराँत स्वायत्त प्रदेश विषयक अन्तरक्रिया कार्यक्रम नेपाल बार एसोशियशनको हल सिंहदरवारमा सम्पन्न भएको छ। 

संविधानसभा राज्यपुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिका सभापति लोकेन्द्र विष्टमगर सँग मगर संघसंस्थाका राजनीतिक तथा सामाजिक संघ संस्थाका नेतृत्वले नयाँ संविधान निर्माणको प्रकि्रया र मगर जातिको अधिकारको सवालमा सभापति विष्टसँग विभिन्न विषयमा अन्तरक्रिया गरेका थिए। 

कार्यक्रममा एनेकपा माओबादीका पोलिटव्युरो सदस्य समेत रहेका सभापति विष्टले संविधानसभामा बुझाएको राज्यपुनसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदन नयाँ संविधानमा पनि लागु हुने बताउँदै मगर जाति राष्ट्रको इमान्दार जाति भएकोले इतिहासको विभिन्न कालखण्डमा शाषकहरुले आफु अनुकुल मात्र मगर जातिलाई प्रयोग गर्दै आईरहेको बताउँदै मगर जातिको भाषिक साँस्कृतिक सामाजिक शैक्षिक लगायतका माग हरुलाई सम्बोधन गर्न उसको ऐतिहासिक भुगोल युगौं देखिको उत्पिडन र सघनताको आधारमा मगराँत स्वायत्त प्रदेशको सुनिश्चितता नयाँ संविधानमा गरिने बताउनभयो। 

कार्यक्रममा बोल्दै संवैधानिक समितिले तदारुकताका साथ आफ्नो कामलाई अगाढि बढाएमा तोकिएकै समयमा नयाँ संविधान जारी हुने बताउँदै आफु काम नगर्ने अनि जनताको बीचमा गएर तोकिएको समयमा संविधान नबन्ने देश दुर्घटनामा जाने कुरा गरेर जनतामा निराशा पैदा गराएको आरोप लगाउनुभयो। लाखौं नेपाली जनताको त्याग समर्पण र हजारौ नेपाली जनताको बलिदानबाट नयाँ संविधान लेखिन गएको स्मरण गराउँदै विदेशी दलाल र साम्राज्यबादीहरुले बनाएर पठाएको संविधानमा नेपाली जनताको सभासदहरुले छाप नलगाउने बरु जनताको संविधान बनाउनको लागि जस्तोसुकै विद्रोह र बलिदान दिन तयार भएको बताउनुभयो।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव तथा सभासद राम बहादुर थापामगरले आत्मनिर्णयको अधिकार सहितको संघीय गणतन्त्र नेपालको संविधानमा मगराँत स्वायत्त प्रदेशको सुनिश्चित गरिने बताउँदै देशैभरि छरिएर रहेका मगर जातिलाई राज्यको हरेका निकायमा समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टि गरिने बताउनभयो। 

कार्यक्रममा नेपाल अदिवासी जनजाति महासंघका सँस्थापक महासचिव तथा सभासद सुरेश आलेमगरले जातीय राज्यका विषयमा विभिन्न किसिमका भ्रमहरु फैलाएर शाषकहरुले नेपाली जनतालाई फेरी पनि उत्पिडन र विभेदमा राख्न खोजेको प्रति मगर लगायत सिंगो आदिवासी जनजातिउत्पिडित क्षेत्र वर्ग तथा समुदाय मिलेर नेपाली जनताको संविधान निर्माण गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताउनुभयो।

कार्यक्रममा मगर राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष एवं सभासद सन्तोष बुढामगर, राष्ट्रिय मगर संघका अध्यक्ष गणेश थापामगर, नेपाल मगर स्वशाषित संघका अध्यक्ष लिला थापामगर, नेपाल मगर संघका उपाध्यक्ष नविन रोकामगर, नेपाल मगर महिला संघकी अध्यक्ष गंगा खासुमगर, मगर संघ हङकङका निवर्तमान अध्यक्ष एवं द नेक्सट मिडियाका एजुकेटिभ डाइरेक्टर नेत्र पहराई मगर, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव लोक बहादुर थापामगर, नेपाल मगर विद्यार्थी संघकी सल्लाहकार बमकुमारी बुढामगर लगायतले नेपाल मगर विद्यार्थी संघले मगर मुक्ति आन्दोलनमा पुर्याएको भूमिकाको चर्चा गर्दै मगर जातिको सामाजिक साँस्कृतिक भाषिक शैक्षिक लगायतका सबै अधिकारको ग्यारेण्टी मगरात स्वायत्त प्रदेशको ग्यारेण्टी भए मात्र हुने भएकोले आत्मनिर्णयको अधिकार सहितको मगराँत स्वायत्त प्रदेशको स्थापनाका लागि सम्पुर्ण मगर लगायत उत्पिडित जाति तथा समुदायहरु एक भएर अगाडी बढ्नुपर्ने बताउनुभएको थियो। 

नेपाल मगर विद्यार्थी संघका अध्यक्ष माधब कुमार दर्लामी मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर विद्यार्थीं संघका सल्लाहकार झकेन्द्र घर्तीमगरले मगराँत स्वायत्त प्रदेश स्थापना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

यसैगरि नेपाल मगर विद्यार्थी संघले देशको बागलुङ, म्याग्दी, सिन्धुली, पाल्पा, दाङ, स्याङजा, तनहुँ, रुकुम, रोल्पा, कास्की लगायत देशको विभिन्न ४० भन्दा बढि जिल्लाहरुमा आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)